भेरोसेलको दोस्रो डोज : कुनै खोप केन्द्रमा भिड, कतै व्यवस्थित

काठमाडौं : काठमाडौंमा कोरोना भाइरसविरुद्ध 'भेरोसेल' खोपको दोस्रो डोज प्रदान गर्न सुरु गरिएको छ। आज काठमाडौंभर ५० वटा खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइएको हो। गत वर्ष चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिइएको हो। काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र तोकेर…

सम्बन्धित सामग्री

दार्चुलामा ‘बुस्टर डोज’ खोप अझै आएन

सरकारले अग्रपंक्तिमा रहेकाहरुलाई कोरोनाविरुद्वको बुस्टर डोज खोप दिने घोषणा गरे पनि अझै जिल्लामा खोप अझै आइपुगेको छैन्। सरकारले अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीलगायतलाई आइतबारदेखि बुस्टर डोज खोप...

बुस्टर डोज खोप दिने सरकारको तयारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दुवै मात्रा खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्राथमिकताका आधारमा सबैलाई बुस्टर डोज खोप दिने तयारी गरिरहेको जानकारी दिए । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा उनले बुस्टर डोज खोप सबै नागरिकलाई दिने गरी छलफल भइरहेको बताउँदै एक करोड ५० लाख मात्रा बुस्टर डोज खोप ल्याउने तयारी भइरहेको जानकारी दिए ।उनले हाल नेपालमा ८३ लाख मात्रा खोप मात्र बाँकी रहेको बताउँ

नेपालमा १ करोड डोज कोभिडविरुद्धको खोप वितरण

नेपालमा कोभिड- १९ विरुद्धको १ करोड डोज खोप वितरण भइसकेको छ ।  मंगलबारसम्म  कोभिड विरुद्धको  पहिलो र दोस्रो मात्रा गरी कोभिडविरुद्धको १ करोड डोज खोप वितरण गरिएको हो । नेपालमा वितरित जोन्सन एण्ड जोन्सनको खोप एकडोजमात्र लगाए पुग्छ भने अन्य खोप दुई डोज लगाउनुपर्छ । हालसम्म नेपालमा एक करोड ३३ लाख डोज खोप आएको जनाइएको […]

६४ लाख डोज खोप आउँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५ गतेसम्ममा आइपुग्ने र थप ३२ लाख खोप आउने निश्चित भएको भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।सरकारले चीनको खोप निर्माता कम्पनी सिनोफार्मसँग ४० लाख डोज ‘भेरोसेल’ खोप खरीद गर्ने सम्झौता गरेको थियो, जसमध्ये ८ लाख डोज गत असार २४ गते आइपुगेको थियो । दोस्रो चरणको खोप साउन ६ गते आइपुग्ने भन्दै मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमा

जापानले नेपाललाई १६ लाख डोज खोप दिदै, कोभिशिल्डको दोश्रो डोज नपाएकालाई दिइने

जापानले नेपाललाई १६ लाख डोज आस्ट्राजेनेका खोप कोभ्याक्समार्फत् उपलब्ध गराउने भएको छ। जापानी विदेशमन्त्री मोटेजी टोशिमिटसुले नेपाललाई झण्डै १६ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका हुन् । उक्त खोप नेपालमा पहिलो डोज कोभिशिल्ड लगाएका तर दोश्रो डोज नपाएकाहरुलाई दिइने जनाइएको छ । नेपालमा लगाइएको र भारतबाट ल्याइएको कोभिशिल्ड खोप पनि अक्सफोर्ड आष्ट्राजेनेकाले नै विकाश […]

भेरोसेलको पहिलो खोप लगाएका सबैलाई भोलिदेखि दोस्रो डोज

काठमाण्डाै - यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले भोलिदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने भएका छन् । एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले खोप लगाउन पाउने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो । पछिल्लो पटक भेरोसेलको पहिलो खोप लगाएकाहरुको सङ्ख्या झण्डै ५ लाख रहेको र यसअघि छुटेका समेतलाई पुग्ने गरी दोस्रो डोजको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । भेरोसेलको पहिलो खोप लगाएका सबैले दोस्रो डोज लगाउन पाए पनि कोभिसिल्डक...

बेइजिङबाट आठ लाख डोज र कुन्मिङबाट एक लाख डोज खोप आउँदै

काठमाण्डाै - चीनबाट आज ९ लाख डोज खोप काठमाण्डौ ल्याइँदैछ । बेइजिङबाट आठ लाख डोज खोप नेपाल एयरलाइन्सको जहाजबाट र कुन्मिङबाट एक लाख डोज हिमालय एयरलाइन्सको जहाजबाट ल्याउन लागिएको हो । खोप आएपछि कसलाई कहिलेदेखि वितरण गर्ने भन्नेबारे निर्णय हुने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा उपलब्ध गराउने घोषणा गर्नुभएको १० लाख डोजमध्ये ९ लाख डोज खोप आज काठमाण्डौ ल्याउन लागिएको हो । यसअघि पनि चीनले आठ लाख डोज भेरोसेल खोप अनुदानमै उपल...

ललितपुर महानगरपालिकामा भेरोसेलको दोस्रो डोज खोप आजदेखि

काठमाडौँ । ललितपुर महानगरपालिकामा आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिने भएको छ । महानगरपालिकाभित्र २९ वटा खोपकेन्द्र तोकिएकामा आफूलाई पायक पर्ने केन्द्रमा गएर १३ गतेसम्म खोप लगाउन महानगरपालिकाले आग्रह गरेको छ । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज खोप लगाइन लागिएको हो । ललितपुर महानगरपालिकामा भेरोसेलको पहिलो डोज खोप […]

दोस्रो डोज खोप लगाउने तालिका हेरफेर (सूचनासहित)

काठमाडौं : स्वास्थ्य कार्यालय काठमाडौंले वैशाख ७ गतेबाट लगाइने कोरोनाको दोस्रो डोज खोपको समयतालिका सार्वजनिक गरेको छ।स्वास्थ्य कार्यालयले अघिल्लो पहिलो डोज खोप लगाएको दिनको आधारमा दोस्रो डोज खोप लगाउने दिनको आधारमा खोप लगाउने तालिका केही हेरफेर गरेको बताएको छ।गत १४ माघ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरूले आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज लगाउन लगाउने निर्णय यसअघि नै गरेको थियो।त्यसका लागि स्वास्थ्य कार्यालयले जिल्लामा १९ वटा खोप केन्द्र तय गरेको छ। सो खोप केन्द्रमा बिहान १० देखि अपराह

दोस्रो डोज खोप वैशाखमा

कोरोना भाइरसविरुद्ध पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकालाई वैशाखमा दोस्रो डोज दिइने भएको छ। वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले पहिलो चरणको खोप लिएका सबै नागरिकलाई दोस्रो डोज दिने निर्णय गरेको हो। पहिलो चरणको अभियान माघ १४ देखि फागुन १० गतेसम्म ४ लाखभन्दा बढीले पहिलो डोज खोप लगाएको मन्त्रालयले जनाएको छ। लक्षित समूहको झन्डै ८५ प्रतिशतले खोप लगाएक...