साढे सात अर्बको अलैँची निर्यात

चालु आर्थिक वर्षको ११ महिनामा सात अर्ब ४७ करोड ६५ लाख ३६ हजार रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म सात अर्ब ४७ करोड रुपियाँ बराबरको ११ हजार ७९९ मेट्रिक टन अलैँची निर्यात भएका छन् । गत वर्षको सो अवधिमा सात अर्ब ७० करोड २१ लाख ८६ हजार रुपियाँ बराबरको १५ हजार ६४४ मेट्रिक टन अलैँची निर्यात भएको थियो । अधिकांश वस्तुको जस्तै अलैँचीको निर्यातमा समेत कमी आएको छ । गत वर्षको तुलनामा यस अलैँची निर्यातमा वर्ष २३ करोड रुपियाँ वर्ष २३ करोड रुपियाँ बराबरको कमी आएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

सम्बन्धित सामग्री

छ महिनामा चार अर्बको अलैँची निर्यात

मुलुकमा उत्पादित अलैँचीको निर्यातमा वृद्धि भएको छ । अधिकांश वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा भने वृद्धि भएको हो । छ महिनामा समग्र निर्यातमा सात प्रतिशतले कमी आएका बेला अलैँची निर्यात भने बढेको हो । चालु आर्थिक वर्षको छ महिनामा करिब चार अर्ब रुपियाँ बराबरको निर्यात भएको छ ।

अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

झापा- कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । झापा, इल...

६ महिनामा पाँच अर्बको अलैँची निर्यात

विदेश निर्यात हुने कृषि उत्पादनका रूपमा रहेको अलैँचीको निर्यात यस वर्ष उत्साहजनक देखिएको छ । चालू आर्थिक वर्षको ६ महिनामै काँकडभिट्टा नाकाबाट झन्डै पाँच अर्ब रुपैयाँको अलैँची निर्यात भएको हो । यो विगतमा...

तीन अर्बको कृषिजन्य र जडीबुटी भारत निर्यात, सबैभन्दा बढी अलैँची निर्यात

गत आर्थिक वर्ष भारततर्फ  तीन अर्ब रुपैयाँभन्दा बढी मूल्यका कृषिजन्य पदार्थ तथा जडीबुटी भारततर्फ निर्यात भएको छ । विराटनगर नाका भएर गत आवमा  तीन अर्ब २६ करोड १२ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य र जडीबुटी निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको हो । सोमध्ये सबैभन्दा बढी  दुई अर्ब ६६ करोड ९६ लाख ३२…