विदेश निर्यात हुने कृषि उत्पादनका रूपमा रहेको अलैँचीको निर्यात यस वर्ष उत्साहजनक देखिएको छ । चालू आर्थिक वर्षको ६ महिनामै काँकडभिट्टा नाकाबाट झन्डै पाँच अर्ब रुपैयाँको अलैँची निर्यात भएको हो । यो विगतमा...
चालु आर्थिक वर्षको ११ महिनामा सात अर्ब ४७ करोड ६५ लाख ३६ हजार रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म सात अर्ब ४७ करोड रुपियाँ बराबरको ११ हजार ७९९ मेट्रिक टन अलैँची निर्यात भएका छन् । गत वर्षको सो अवधिमा सात अर्ब ७० करोड २१ लाख ८६ हजार रुपियाँ बराबरको १५ हजार ६४४ मेट्रिक टन अलैँची निर्यात भएको थियो । अधिकांश वस्तुको जस्तै अलैँचीको निर्यातमा समेत कमी आएको छ । गत वर्षको तुलनामा यस अलैँची निर्यातमा वर्ष २३ करोड रुपियाँ वर्ष २३ करोड रुपियाँ बराबरको कमी आएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
मुलुकमा उत्पादित अलैँचीको निर्यातमा वृद्धि भएको छ । अधिकांश वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा भने वृद्धि भएको हो । छ महिनामा समग्र निर्यातमा सात प्रतिशतले कमी आएका बेला अलैँची निर्यात भने बढेको हो । चालु आर्थिक वर्षको छ महिनामा करिब चार अर्ब रुपियाँ बराबरको निर्यात भएको छ ।