जुम्लामा ८० लाखको विपद् कोष

कोरोना भाइरसको संक्रमण रोकथामका लागि यहाँका आठै स्थानीय तहले विपद् कोष स्थापना गरेका छन् । कार्यपालिकाको बैठकबाट प्रत्येक वडामा खाद्यन्न आपूर्तिदेखि स्वास्थ्य सामग्री वितरण गर्ने लगायतका काममा खर्च हुने गरी विपद् कोष स्थापना गरेका हुन् । जुम्लाका आठ स्थानीय तहमध्ये ६ स्थानीय तहले विपद्् कोष स्थापना गरेका छन् । बाँकी दुई स्थानीय तहले लकडाउनका कारण कोष स्थापना नगरेको तर शोधभर्ना हुनेगरी हा राहत दिने, स्वास्थ्य सामग्री वितरण गर्ने काम गरिरहेका छन् । एक नगरपालिकासहित सात गाउँपालिका गरी कोरोना रोकथाम तथा राहत वितरणका लागि करिब ८० लाख बढीको विपद् कोष स्थापना भएको पाइएको छ ।

सम्बन्धित सामग्री

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–४ घर भई हाल काठमाडौँमा बस्दै आएका निर्मल श्रेष्ठले आफ्ना बाबु र आमाको स्मृतिमा पर्वत अस्पताललाई आर्थिक सहयोग गरेका छन्।बुबा आमा नरबहादुर श्रेष्ठ र पद्माकुमारी श्रेष्ठको स्मृतिमा अस्पतालले स्थापना गरेको ‘पर्वत अस्पताल गरिब, असहायलक्षित विपद् कोष’ मा ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेका हुन्। निर्मलका  दाजुहरू गोविन्द प्रसाद श्रेष्ठ, पुष्कल प्रसाद श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, ईश्वरप्रसाद श्रेष्ठ लगायतले पनि सहयोगमा सघाएका छन्।यो सहयोगस

जलवायुजन्य हानि नोक्सानीको अन्तर्राष्ट्रिय कोष बनाउन सुझाव

जलवायु परिवर्तनको असर न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका संस्थाहरूले जलवायु पक्ष राष्ट्रहरूको सम्मेलनमा हानि नोक्सानीको क्षतिपूर्तिका लागि विपद् कोष गठन गर्न नेपालले राखेको अडान छोड्न नहुने सुझाव दिएका छन् ।जलवायुजन्य असरको हानि नोक्सानी र नेपालले विश्वसामु उठाउनुपर्ने एजेण्डाका बारेमा काठमाडौंमा भएको छलफलमा सरोकारवाला संस्थाका प्रतिनिधिले कोष स्थापना सम्बन्धमा नेपालले यसअघि राखेको अडान नछोड्न सरकारलाई सुझाव दिएका […]

जलवायुजन्य हानी नोक्सानीको अन्तरराष्ट्रिय कोष बनाउन विज्ञको सुझाव

काठमाडौं : जलवायु परिर्वतनको असर न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका संस्थाहरुले जलवायु पक्ष राष्ट्रहरुको सम्मेलनमा हानी नोक्सानीको क्षतिपूर्तिका लागि विपद् कोष गठन गर्न नेपालले राखेको अडान छोड्न नहुने सुझाव दिएका छन्।जलवायुजन्य असरको हानी नोक्सानी र नेपालले विश्वसामु उठाउनुपर्ने एजेण्डाका बारेमा काठमाडौंमा भएको छलफलमा सरोकारवाला संस्थाका प्रतिनिधिले कोष स्थापना सम्बन्धमा नेपालले यसअघि राखेको अडान नछोड्न सरकारलाई सुझाव दिएका हुन्।उनीहरुले आगामी नोभेम्बरमा इजिप्टमा हुने जलवायु पक्ष राष्ट्रहरुको सम

जलवायुजन्य हानी नोक्शानीको अन्तर्राष्ट्रिय कोष बनाउन विज्ञको सुझाव

काठमाडौं । जलवायु परिर्वतनको असर न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका संस्थाहरुले जलवायु पक्ष राष्ट्रहरुको सम्मेलनमा हानी नोक्शानीको क्षतिपूर्तिका लागि विपद् कोष गठन गर्न नेपालले राखेको अडान छोड्न नहुने सुझाव दिएका छन् । जलवायुजन्य असरको हानी नोक्शानी र नेपालले विश्वसामु उठाउनुपर्ने एजेण्डाका बारेमा काठमाडौंमा भएको छलफलमा सरोकारवाला संस्थाका प्रतिनिधिले कोष स्थापना सम्बन्धमा नेपालले यसअघि राखेको अडान नछोड्न […]

जलवायुजन्य हानी नोक्सानीको अन्तर्राष्ट्रिय कोष बनाउन विज्ञको सुझाव

काठमाण्डाै – जलवायु परिवर्तनको असर न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका संस्थाहरुले जलवायु पक्ष राष्ट्रहरुको सम्मेलनमा हानी नाेक्सानीको क्षतिपूर्तिका लागि विपद् कोष गठन गर्न नेपालले राखेको अडान छोड्न नहुने सुझाव दिएका छन् । जलवायुजन्य असरको हानी नाेक्सानी र नेपालले विश्वसामु उठाउनुपर्ने एजेण्डाका बारेमा काठमाण्डौमा भएको छलफलमा सरोकारवाला संस्थाका प्रतिनिधिले कोष स्थापना सम्बन्धमा नेपालले यसअघि राखेको अडान नछोड्न सरकारलाई सुझाव दिएका हुन् । उनीहरुले आगामी नोभेम्बरमा इजिप्टमा हुने जलवायु पक्ष राष्ट्रहरुको सम्मेलनमा जल...

पुलाचौर स्वास्थ्यचौकीमा विपद् कोषको आयव्यय सार्वजनिक

प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरमा रहेको पुलाचौर स्वास्थ्यचौकीमा बुधबार विपद् कोष व्यवस्थापनको आयव्यय सार्वजनिक भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम गर्न गत आर्थिक वर्ष २०७७/७८ मा सङ्कलित नगद तथा जिन्सी सामानहरु सार्वजनिक गरिएको हो । पुलाचौर स्वास्थ्यचौकीमा विपद् व्यवस्थापन कोष स्थापनार्थ आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग […]

सिन्धुपाल्चोक माओवादी केन्द्रले स्थापना गर्यो जिल्ला विपद् कोष

काठमाडौं : नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले जिल्लाभरि आइपर्ने विपत्त उद्धार, राहत र व्यवस्थापनका लागि जिल्ला विपद् कोष स्थापना गरेको छ।माओवादी नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक लगायत विपद्को सामना गर्न हातेमालो गर्ने चाहनाअनुसार कोषको स्थापना गरेको युवा नेता सुमित काफ्लेले बताए।कोषमा सहयोग गर्न चाहनेले मेगा बैंक चौतारा शाखामा रहेको नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक-विपद कोषमा (०१४००१५४०२९२७) रकम जम्मा गर्न सक्ने जनाइएको छ। सो कोषमा बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्र

तुलसीपुरमा अक्सिजन प्लान्ट निर्माणका लागि अमेरिकाबाट २ लाख  बढी सहयोग

दाङ : तुलसीपुरमा अक्सिजन प्लान्ट निर्माणका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्नेक्रम बढेको छ। कोरोना महामारीको समयमा सामाजिक उत्तरदायित्व पुरा गर्दै तुलसीपुर घर भई हाल अमेरिका बस्दै आएका नौ जनाले सामूहिकरुपमा एक लाख २८ हजार सहयोग गरेका छन्।कोरोना महामारीसँग जुध्न हातेमालो गर्दै उनीहरुले उपमहानगरले स्थापना गरेको ‘कोभिड विपद् कोष’ मा उक्त सहयोग पठाएका हुन्।तुलसीपुर ६ निवासी सूर्य प्रकाश योगी खिम डाँगी, विनय धिताल, कृष्ण रेउले, खुम चलाउने, वसन्त अधिकारी, तुलसीपुर–९ निवासी रवीन्द्र

प्रेस चौतारी काभ्रेको ‘कोरोना विपद् कोष’ : एकै दिन २ लाख भन्दा धेरै जम्मा

मोतीराम तिमल्सिना,काभ्रे । प्रेस चौतारी नेपाल काभ्रेले कोरोना भाईरसको संक्रमणबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी पत्रकारहरुको हितका लागि खर्च गर्ने गरी स्थापना गरेको कोरोना विपद कोषमा बुधबार दिउसोसम्म २ लाख भन्दा धेरै रकम जम्मा भएको छ । ‘प्रेस चौतारी नेपाल काभ्रेले स्थापना गरेको कोरोना विपद कोषका लागि सहयोग गर्ने क्रम जारी छ, बुधबार दिउसोसम्म […]

सबै स्थानीय तहमा कोरोना विपद् कोष

कोरोना भाइरसबाट उत्पन्न विपद् सामना गर्न जिल्लाका सातवटै पालिकामा कोष स्थापना गरिएको छ । तीन नगरपालिका तथा चार गाउँपालिकाले छुट्टाछुट्टै कोष बनाएर रकम जम्मा गर्न थालेका हुन् । नलगाड नगरपालिकाले रु २१ लाख, छेडागाड नगरपालिकाले रु ३५ लाख र भेरी नगरपालिका रु ९० लाख बजेट कोषमा राखेका छन् । यसैगरी जुनिचाँदे गाउँपालिकाले रु १० लाख, बारेकोट गाउँपालिकाले रु २० लाख, शिवालय गाउँपालिकाले रु २० लाख र कुशे गाउँपालिकाले रु ३० लाखको कोष स्थापना गरेका छन् ।