सबै स्थानीय तहमा कोरोना विपद् कोष

कोरोना भाइरसबाट उत्पन्न विपद् सामना गर्न जिल्लाका सातवटै पालिकामा कोष स्थापना गरिएको छ । तीन नगरपालिका तथा चार गाउँपालिकाले छुट्टाछुट्टै कोष बनाएर रकम जम्मा गर्न थालेका हुन् । नलगाड नगरपालिकाले रु २१ लाख, छेडागाड नगरपालिकाले रु ३५ लाख र भेरी नगरपालिका रु ९० लाख बजेट कोषमा राखेका छन् । यसैगरी जुनिचाँदे गाउँपालिकाले रु १० लाख, बारेकोट गाउँपालिकाले रु २० लाख, शिवालय गाउँपालिकाले रु २० लाख र कुशे गाउँपालिकाले रु ३० लाखको कोष स्थापना गरेका छन् ।