नेपाल एपीएम खुला टेबल टेनिस प्रतियोगिता पुस पहिलो साता हुने भएको छ । एपीएम टेबल टेनिस क्लबले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै १ देखि ३ पुससम्म पुसप्रतियोगिता गर्ने जनाएको हो । ललितपुर भैंसीपाटीमा हुने प्रतियोगितामा आठ स्पर्धा रहने छन् । मेन्स सिंगल्स, वुमेन्स सिंगल्स, मिक्स डबल्स, मेन्स भेट्रान सिंगल्स ४० वर्षमाथि, मेन्स भेट्रान सिंगल्स ५० वर्षमाथि, मेन्स भेट्रान सिंगल्स ६० वर्षमथि, ब्वाइज सिंगल्स यू१६ र गल्र्स सिंगल्स यू–१६ रहेका छन् । मेन्स सिंगल्स र वुमेन्स सिंगल्सका विजयी