भारतको राजधानी दिल्लीमा रहेको अखिल भारतीय आयुविज्ञान संस्थान (एम्स) का डाक्टरहरूले आमाको गर्भमा रहेको बच्चाको मुटुको शल्यक्रिया सफलतापूर्वक गरेका छन् । डाक्टरहरूले बच्चाको अंगूरको आकारमा रहेको मुटुको बन्द भल्भ खोल्न बेलुन डाइलेसन नामक शल्यक्रिया मात्र ९० सेकेन्डमा पूरा गरेका थिए । अहिले आमा र बच्चा दुवै सकुशल छन् । एम्सको कार्डियोथोरासिक विज्ञान केन्द्रमा शल्यक्रिया गरिएको …