एनआईसी एशिया बैंकद्वारा १० लाख बराबरको बीमा रकम भुक्तानी

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनामा उपलब्ध १० लाख बराबरको घातक रोग बीमा रकम खातावालालाई भुक्तानी गरेको छ । बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू  प्रिमियम सुपर चमत्कारिक बचत योजनाअन्तर्गत डायमन्ड श्रेणीको खाता खोलेका भीमसेनगोलाका श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बीमाबापत १० लाख बीमा रकम भुक्तानी गरिएको हो । पन्तलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको बैंकले बताएको छ । बैंकको बीमासहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७०० भन्दा बढी ग्राहकले बीमाबापत ४ करोड ३० लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन् । बैंकले सर्वश्रेष्ठ बचत खाता’ योजनाको गुडविल एम्बेसडर श्रेणीअन्तर्गत ५ वर्षका लागि खातावाला एवं निजले मनोनीत गरेका ३ अन्य व्यक्तिको प्रतिव्यक्ति  २१ लाख गरी ८४ लाखसम्मको बीमा पाइने व्यवस्था गरेको छ ।