धनुषाका शिवरतन राउत साउदीमा सात वर्ष बिताएर घर फर्किए । घरको आर्थिक अवस्था उस्तै भएपछि उनी पुनः वैदेशिक रोजगारीमा जाने निर्णयमा पुगे । त्यसपछि उनी कतार पुगे । तर, कतार उनको जीवनकै अन्तिम गन्तव्य बन्न पुग्यो ।८ सेप्टेम्बर २०१८ का दिन उनी ड्युटीमै थिए । ड्युटीकै क्रममा साथीभाइ जिस्किन थाले । उनी अरू साथीहरूभन्दा उमेरमा सिनियर थिए । जिस्किँदै जाँदा सिन्धुलीका कमल थिङले सडकमा धुलो सफा गर्ने कम्प्रेसर मेसिनले धुलो उडाउन थाले । उनलाई अलिकति धकेलेका थिए, उनी खाल्डोमा परेर घाइते भए ।कमलसँगै अन्य सा