कोरोना सङक्रमण बढेपछि आइतबारदेखि तुलसीपुरका विद्यालय बन्द हुने

तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । यहाँका शिक्षक र विद्यार्थीमा कोरोनाको सङ्कमण देखिएपछि  विद्यालय बन्द  हुने भएका हुन् । तुलसीपुर उपमहानगरपालिकामा आज बसेको आकस्मिक बैठकले यही पुस २५ गते आइतबारदेखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबर्द्धन शाखा प्रमुख ओम न्यौपानेले जानकारी दिए ।शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक नवर

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमण फैलिएपछि तेह्रथुमको मेन्छ्यायेमका विद्यालय ४ दिनका लागि बन्द

तेह्रथुम – कोरोना भाइरसको सङ्क्रमण बढेपछि तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले चार दिनका लागि विद्यालय बन्द गरेको छ । गाउँपालिकाका सबैजसो विद्यालयमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भोलि साेमवारदेखि चार दिनसम्मका लागि विद्यालयमा बिदा दिइएको गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिनुभयो । अहिले दिएको बिदा विद्यालयले दिने मिन पचासमा मिलान गर्ने पनि गाउँपालिकाले जनाएको छ । शिक्षक, विद्यार्थीसँगै गाउँमा पनि कोरोना सङक्रमण बढेको अध्यक्ष खापुङले बताउनुभयो ।

कोरोना सङक्रमण बढे पनि पाकिस्तानमा तत्काल लकडाउन र विद्यालय बन्द नहुने

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण वृद्धि भएपनि पाकिस्तानमा तत्काल लकडाउन र विद्यालय बन्द नहुने भएका छन् ।  पाकिस्तानमा कोभिड–१९ को सङ्क्रमण दर उच्च छ । तर तत्काल विद्यालय बन्द गर्ने कुनै तयारी नरहेको पाकिस्तान सरकारले जनाएको छ ।  पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले केन्द्र सरकारलाई कोरोनाको बढ्दो सङ्क्रमणबारे पूर्ण जानकारी रहेको तर तत्काल पुनः लकडाउन वा विद्यालय बन्द गर्ने अवस्थामा नरहेको बताउनुभएको छ । अर्को लकडाउनको बोझ देशको अर्थतन्त्रले बोक्न नसक्ने उहाँको भनाइ छ ।  कोरोना भ...