कोरोना सङ्क्रमण फैलिएपछि तेह्रथुमको मेन्छ्यायेमका विद्यालय ४ दिनका लागि बन्द

तेह्रथुम – कोरोना भाइरसको सङ्क्रमण बढेपछि तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले चार दिनका लागि विद्यालय बन्द गरेको छ । गाउँपालिकाका सबैजसो विद्यालयमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भोलि साेमवारदेखि चार दिनसम्मका लागि विद्यालयमा बिदा दिइएको गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिनुभयो । अहिले दिएको बिदा विद्यालयले दिने मिन पचासमा मिलान गर्ने पनि गाउँपालिकाले जनाएको छ । शिक्षक, विद्यार्थीसँगै गाउँमा पनि कोरोना सङक्रमण बढेको अध्यक्ष खापुङले बताउनुभयो ।