चितवन । नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार मंगलवार अपराह्न ४ बजेदेखि पानीको वहाव बढ्दै गएको हो । निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव साँझ ८ः३० बजे ९.८७ मिटर पुगेको थियो। केन्द्रका अनुसार नदीमा पानीको वहाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको बुझिन्छ । […]