नारायणी नदीमा पानीको बहावले खतराको विन्दु पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको बहाव बढ्दै गएको हो । निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव साँझ ८ः३० बजे ९.८७ मिटर पुगेको छ । केन्द्रका अनुसार नदीमा पानीको बहाव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको बुझिन्छ । गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९:९१ मिटर पुगेको थियो, जुन ४४ वर्ष यताकै बढी हो । नारायणीसँगै राप्ती र रिउ खोलामा पानीको बहाव वढ्दै गएकाले नदी तटीय क्षेत्र