म्याग्दी – यही वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरी म्याग्दीमा आज (बिहीवार) नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दी र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीको संयुक्त आयोजनामा नमुना मतदान गरिएको हो ।
कुल एक सय आठ मत खसेकोमा सदर मत ८६, आंशिक बदर मत १९, पूर्ण बदर मत १ र कुनै पनि चिह्नमा मतदान नगरेको (खाली मतपत्र) दुई मत रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँले सकभर कमभन्दा कम मत बदर होस् भनेर नमुना मतदानको अभ्यास गरिएकोमा धे...