नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमलाई सोधिएको स्पष्टीकरण मन्त्रीस्तरीय निर्णयबाटै भएको पाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमता विस्तारको जिम्मा पाएर असफल भएको इस्पेनिस कम्पनी सान्जोशे कन्स्ट्रक्सको सम्बन्धमा सोधिएको स्पष्टिकरण बुँदा मन्त्रीस्तरिय निर्णयबाटै गरिएको हो। गौतमलाई गलत मनसाय राखेर स्पष्टिकरण सोधिएको र उक्त स्पष्टीकरणमा सान्जोसेलाई फाइदा पुग्ने आसयका बुँदा राखिएको भन्दै अख्तियारमा मुद्दा परेको थियो। पछि…