काठमाडाैंको सेन्ट लरेन्स कलेजमा अध्ययनरत एक विद्यार्थीमाथि शिक्षकबाटै यौन दुर्व्यवहार भएपछि विद्यार्थीहरुले आन्दोलन गरेका छन् । सो कलेजमा सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले कक्षा ११ मा पढ्ने छात्रालाई दुर्व्यवहार गरेपछि उनीहरुले सुरुमा कलेज र त्यसपछि दोषीमाथि कारवाहीको माग गर्दै प्रहरी वृत्त गौशाला घेराउ गरेका हुन् । यौन दुर्व्यवहारको घटनाबारे जानकारी गराउँदा पनि कलेज प्रशासनले पीडितको फी मिनाहा गरेर दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै विद्यार्थीले आक्रोश पोखेका छन् । पीडकलाई