टाइगर ब्रुअरीमा ७१ जनालाई रोजगारीको अवसर, प्लस टु पास र अनुभवै नभएका १७ जना माग

पुस १९, काठमाडौं। मार्सी वियर उत्पादन गर्ने टाइगर ब्रुअरीमा ७१ जना कर्मचारी माग गरिएको छ। कम्पनीले विभिन्न ८ ओटा विधामा ७१ जना कर्मचारी माग्दा १७ जना कर्मचारी भने प्लस टु उतिर्ण र अनुभव नभएका कर्मचारी माग गरेको छ। कम्पनीले ब्राण्ड मेनेजर २ जना, ट्रेड मेनेजर २ जना रिजनल सेल्स मेनेजर ७ जना, एरिया सेल्स मेनेजर ७ जना र सेल्स अफिसर १७ जना कर्मचारी माग गरेको छ। यी पदहरुमा कम्तिमा २ वर्षदेखि ५ वर्ष सम्मको अनुभव भएका अनुभवी कर्मचारी माग गरिएको छ। आईटी अफिसर २ जना र सेल्स सुपरभाइजर १७ जनाको लागि स्नातक उतिर्ण १ वर्षको अनुभव माग गरिएको छ।  रुट इन्चार्ज १७ जना कर्मचारीको लागि भने प्लस टु उतिर्ण योग्यता मात्रै माग गरिएको छ। इच्छुक व्यक्तिले १२ दिनभित्र कम्पनीमा आवेदन दिइसक्नु पर्ने छ। तलव सुविधाहरु भने आपसी सहमतिमा तय गरिने कम्पनीले बताएको छ।

सम्बन्धित सामग्री

तीन सय नेपाली नर्सलाई कुवेतमा अवसर, १ लाख ५० हजारसम्म तलब

कुवेतको सिटी ग्रुप कम्पनीले बिएस्सी र पिसिएल नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। सो कम्पनीले २६० जना महिला र ४० जना पुरुष नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। बिएस्सी गरेका पुरुष २० र महिला १३० जना र पिसिएल तर्फ पुरुष २० र महिला १३० जनाका लागि रोजगार खुलाएको हो।

महासंघको आयोजनामा रोजगार मेला सम्पन्न

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना गरिएको मेलामा नेपालका ५४ वटा प्रतिष्ठित कम्पनीहरूको सहभागिता थियो भने कम्पनीहरूले करिब ६ सय रोजगारीको अवसर खुला गरेका थिए।...

कोरिया रोजगारीको अवसर सदुपयोग गर

कोरिया वैदेशिक रोजगारीमा जाने नेपाली युवाको आकर्षक श्रम गन्तव्यहरूमध्येको एउटा मुलुक हो दक्षिण कोरिया । कोरिया जान दुवै मुलुकका सरकारले तय गरेका छनोट प्रक्रिया पार गर्नुपर्छ । अन्य मुलुकमा जान जस्तो वैदेशिक रोजगार व्यवसायीको चंगुलमा फस्नुपर्ने बाध्यता नभएकाले पनि यो गन्तव्य आकर्षक बनेको छ । कोभिड महामारीका करिब तीन वर्ष अन्य मुलुकजस्तै कोरियाली अर्थतन्त्र पनि […]

दोर्दीमा जलविद्युत आयोजनासँगै रोजगारीको अवसर

लमजुङ – दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन । सीप भएका र सीप नभएका दुवैथरीका युवाहरू यी आयोजनामा रोजगार छन्। आफ्नै दैलोमा रोजगारी पाउने भएपछि खाडीलगायतका धेरै मुलुकमा गएका युवाहरू गाउँ फर्किएका छन् । सुपरदोर्दी ‘ख’ले निर्माण गरेको ५४ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्रका ६० जनाभन्दा बढीलाई रोजगारी […]

अमेरिकामा एक महिनामै ६ लाख ७८ हजार रोजगारीको अवसर

संयुक्त राज्य अमेरिकामा फेब्रुअरी महिनामै ६ लाख ७८ हजार जनाले रोजगारी थपिएको छ । समाचार संस्था सीएनएनका अनुसार अमेरिकी रोजगार बजारमा एक महिनामै उक्त जनसंख्याले नयाँ रोजगारी थपिएको हो ।यो गत वर्षको जुलाई यताकै सबैभन्दा धेरै रोजगारी सृजना भएको बताइएको छ । अघिल्लो वर्ष सन् २०२० मा कोरोना महामारीका कारण अमेरिकामा २१ लाख जनाको रोजगार गुमेको थियो ।त्यसयता, निरन्तर सुधार आउँदै एकै महिना ठूलो संख्यामा रोजगारीको अवसर खुलेको बताइएको छ । यसको अर्थ पछिल्लो समय अमेरिकाको रोजगार बजार सुधारोन्मुख अवस्थामा छ ।

कुमारी जब र फाउन्ड परियोजनाबीच अपाङ्गता भएकालाई रोजगार बनाउनेसम्बन्धी सम्झौता

काठमाडौँ – अपाङ्गता भएका व्यक्तिहरूको लागि औपचारिक रोजगारीको अवसर प्रदान गर्ने साझा उद्देश्यको साथ कुमारी जब र फाउन्ड परियोजना द लेप्रोसी मिसन नेपालबीच सम्झौता भएको छ। सम्झौतापत्रमा कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारी र फाउन्ड परियोजनाका परियोजना निर्देशक चिरञ्जीवी शर्माले हस्ताक्षर गरेका छन्। अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजको लागि योगदान दिने मुख्य […]

अपाङ्ता भएकालाई रोजगार दिन दुई संस्थाबीच सम्झौता

काठमाडौँ– कुमारी जब र फाउन्ड परियोजना (द लेप्रोसी मिशन नेपाल) बीच रोजगारीसम्बन्धी सम्झौता भएको छ । अपाङ्गता भएका व्यक्तिहरूका लागि औपचारिक रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यका साथ कुमारी जब र फाउन्ड परियोजना (द लेप्रोसी मिशन नेपाल) बीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजका लागि योगदान दिने मुख्य […]

सेसेल्समा नेपालीलाई रोजगारीको अवसर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सेसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले आज शिष्टाचार भेट गर्नुभएको छ । श्रम मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल–सेसेल्सको सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो । साथै उहाँहरूबीच नेपाली कामदारलाई सेसेल्समा रोजगारी उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकारसमक्ष प्रस्तुत श्रम सम्झौताबारे पनि छलफल भएको …

पर्यटन मजदुरले पाए रोजगार

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रमअन्तर्गत दुईसय जनालाई रोजगारीको अवसर दिइएको छ । पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई आपतकालीन रोजगार कार्यक्रम अन्र्तगत सो अवसर दिइएको हो ।      ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चलले  नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट सङ्घ विकास कार्यक्रम (युएनडिपी) सहयोगमा सञ्चालित जीवनयापन सहयोग कार्यक्रमअन्तर्गत रोजगार प्रदान गरिएको हो । बोर्डका गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले मजदुरलाई सुरक्षा सामग्री र औजार हस्तान्तरण गरेर उक्त कार्यक्रम...

अमेरिकामा १० महिनापछि बढ्यो रोजगारीको अवसर

एजेन्सी। अमेरिकामा १० महिनापछि जुनमा रोजगारीको अवसर बढेको छ। त्यहाँका रोजगारदाताले कामदार राख्नुका साथै तलब बढाउन थालेका हुन्। समाचार संस्था रोयटर्सका अनुसार कोभिड–१९ को महामारीले थलिएको अमेरिकी रोजगार बजार लयमा फर्कन थालेको हो। यसबाट अमेरिकाको समग्र अर्थतन्त्र लयमा फर्किएको आँकलन गर्न थालिएको छ। कोरोनाको खोप लगाएपछि त्यहाँको अर्थतन्त्र चलायमान बनेको छ।