'पुस्तक ल्याउन केन्द्र धर्नामा बस्‍नुपर्ने समस्या कायमै'

धादिङ : शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख तुलबहादुर महतले पुस्तक व्यवसायीले पुस्तक ल्याउन धर्ना बस्नुपर्ने समस्या कायमै रहेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेश-३ को पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पुस्तक व्यवसायीले विद्यालयमा सहज रुपमा पुस्तक पुर्‍याउन सक्ने अवस्था सिर्जना नभएक...

सम्बन्धित सामग्री

अक्सिजनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

जेठ ११, वीरेन्द्रनगर । कर्णाली प्रदेशका अस्पतालहरूमा मेडिकल अक्सिजनको अभाव भएपछि आपूर्तिका लागि दबाब दिन युवाहरूको समूहले धर्ना दिएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमवार युवाहरूको समूहले धर्ना दिएको हो । अस्पतालहरूमा पर्याप्त अक्सिजनको व्यवस्था गर्न माग गर्दै युवाको समूह मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका हुन् । अहिले कोरोना संक्रमितको उपचारको लागि मुख्य समस्या अक्सिजनको रहेको र त्यसतर्फ सरकार जिम्मेवार नबनेको उनीहरूले बताएका छन् । मोटे ग्याङ नेपालको संयोजनमा भएको धर्ना कार्यक्रममा सरकारले तत्काल दैनिक २५० ओटा सिलिण्डर अक्सिजन व्यवस्थापन गर्न माग गरिएको छ । मोटे ग्याङका सदस्य अनिल ढकालले अक्सिजन व्यवस्थापनमा प्रदेश सरकारको लापरवाही देखिएपछि दबाब स्वरूप धर्ना दिएको बताए ।  ‘अहिले नेपालगञ्जबाट सहजै रूपमा अक्सिजन भरेर ल्याउन सकिन्छ । तर, यहाँ अक्सिजन सिलिण्डरको समेत कमी देखियो । यसमा सरकारको ध्यानाकर्षण गर्न धर्ना दिएका हौं,’ ढकालले भने । सरकारको ध्यान स्वास्थ्य सामग्री र औषधी उपचारमा केन्द्रित हुनु पर्नेमा त्यसतर्फ गम्भीर नबनेको उनको आरोप छ । युवाहरूको समूहले यस विषयमा सोमवार नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग अक्सिजन व्यवस्थापनका लागि सरकार र स्वयंसेवक समूहले संयुक्त प्रयास गर्ने समझदारी भएको बताएको छ ।  ‘धर्नासँगै मुख्यमन्त्रीसँग पनि हाम्रो छलफल भयो,’ ढकालले भने, ‘मन्त्रिपरिषद्को बैठक पनि बस्दै रहेछ । केही निर्णय होला । अब व्यवस्थापनमा सहज हुन्छ भन्ने अपेक्षा लिएका छौं ।’ उनले बाहिर जिल्लाका मानिसहरू सुर्खेतका उपचारको क्रममा मृत्यु हुँदा शव व्यवस्थापनमा समस्या देखिएकाले यसबारे पनि मुख्यमन्त्रीलाई जानकारी गराएको बताए ।

निर्मला हत्या प्रकरणः धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ: अनुसन्धानमै छौँ

कञ्चनपुर:  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहेका उनका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति धर्नामा बसेका छन्। यसअघि काठमाडौ पुगेर प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै प्रतिपक्षी दलका नेतास...

निर्मलाका आमाबाबु अनिश्चितकालिन धर्नामा

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याराको माग गर्दै निर्मलाका आमाबाबु आइतबारदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका छन् ।   हत्या भएको तीन महिना बितिसक्दा पनि हत्यारालाई कानूनी दायरामा ल्याउन सकिएको ...