१३ फागुन, विराटनगर । औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरका अधिकृतलाई अख्तियारको टोलीले घुससहित रङ्गेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले घुसबापत लिएको दुई लाख रुपैयाँसहित फार्मेसी अधिकृत सरोज सुवेदीलाई पक्राउ गरेको हो । बिहीबार दिउँसो विराटनगर महानगरपालिका–३ स्थित दूध फारम अगाडि रहेको भट्टराई होटलबाट सुवेदीलाई अख्तियारको टोलीले पक्राउ गरेको […]