चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा नेपालले ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयत गरेको छ भने १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । विभागको तथ्याङ्क अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा १० देशसँग रहेको छ । ती १० देशमा क्रमशः भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (युएई), अर्ज