भारतमा नयाँ प्रणालीको तयारी: शेयर किनेको पैसा ब्रोकरको खातामा नगई सिधै बैंकबाटै सेटलमेन्ट

भारतीय शेयर बजारको नियामक निकाय सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी)ले शेयरको दोस्रो बजारमा पनि आश्वा प्रणाली लागु गर्ने तयारी गरेको छ । सेबीले दोस्रो बजारमा पनि आईपिओमा जस्तै आश्वा प्रणाली लागु गर्ने बारेको सम्भाव्यता अध्ययन थालेको इकोनोमिक टाइम्सले जनाएको छ ।इकोनोमिक टाइम्सका अनुसार शेयर कारोबार पुरा भएपछि मात्र शेयर खरिद गर्ने लगानीकर्ताको खाता बाट पैसा काटिने प्रणाली सेबीले बनाउन चाहेको हो । हाल आईपिओमा यस्तै प्रणाली छ । आश्वा भनिने प्रणालीमा सुरुमा लगानीकर्ताले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक पर्ने रकम बैंकले ब्लक गरेर राख्छ  । तर उक्त रकम लगानीकर्ताको बैंक खातामा नै हुन्छ । शेयर खरिद भईसकेपछि उक्त रकम बैंकले काट्छ र सम्बन्धित कम्पनीको खातामा पठाउछ । नेपालमा पनि हाल यहि प्रणाली आईपिओमा छ ।सेबीले यस्तै प्रणाली दोस्रो बजारमा  ल्याउन चाहेको हो । लगानीकर्ताले शेयर गर्नु अगाडी नै ब्रोकरको खातामा पैसा पठाउँदा ब्रोकरले उक्त रकम दुरुपयोग गर्ने क्रम बढेको र शेयरको सेटलमेन्ट पनि ढिलो भएकोले सेबीले विकल्प खोजेको बताईएको छ । ब्रोकरले लगानीकर्ता रकम कम चलाओस् भन्ने सेबीको चाहना छ । सेबीले ब्रोकर बिना पैसाको लेनदेन गर्न सकिन्छ भन्ने विषयमा नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियासंग पनि छलफल गरेको बताईएको छ । सुरुमा यसलाई अनिवार्य नगरी स्वेच्छिक गर्ने र त्यसको रिस्पोन्स हेरेर क्रमश अनिवार्य गर्दै लैजाने नीति सेबीले लिएको जनाईएको छ । यसो गर्दा ब्रोकरबाट विरोध आउनेबार  पनि सेबी सचेत रहेको समाचारमा उल्लेख छ । केहि ब्रोकरले यस्तो गर्दा प्रणाली नै छुट्टै बनाउनु पर्ने भएकोले यसको कार्यन्वयन सहज नहुने प्रतिक्रिया दिएका छन् ।  नेपालमा पनि बेला बखत ब्रोकरको खातामा रकम नगई सिधै बैंक मार्फत नै सेटलमेन्ट गर्नु पन्रे आवाज उठ्ने गरेको छ । तर ब्रोकरहरुले भने अधिकांश कारोबार उधारो हुने गरेको र ब्रोकरले आफुले जोखिम लिएर उधारो कारोबार गर्ने गरेकोले त्यस्तो सम्भव नहुने जिकिर गर्दै आएका छन् ।

सम्बन्धित सामग्री

नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो औँल्याएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको ‘दिगो विकासको वर्तमान अवस्था र भविष्य’ विषयक कार्यक्रममा उनले परम्परागत ढङ्गको कृषि प्रणालीबाट मुलुकको समृद्धि सम्भव नभएको बताए ।  प्रधानमन्त्री दाहालले आधुनिक कृषि प्रणालीको अवलम्बन गरिनुपर्नेमा जोड दिँदै कृषि क्षेत्रको विकासबाट रोजगारी सिर्जना, उत्पादन वृद्धि […]

जापानद्वारा विश्वव्यापी कृषि सम्पदा प्रणालीको लागि नयाँ स्थान चयन

जापानले संयुक्त राष्ट्रसंघको विश्वव्यापी कृषि सम्पदा प्रणालीको महत्वको लागि नयाँ स्थान चयन गरेको छ। यो प्रणलीले पारिस्थितिकी प्रणालीको संरक्षणसंगै परम्परागत तर नवीन खेतीमा संलग्न ग्रामीण क्षेत्रहरूलाई मान्यता दिनेछ । संयुक्त राष्ट्रको खाद्य र कृषि संगठनको यो कार्यक्रमका लागि जापानका १३ स्थलसंगै विश्वका २३ देशका ७२ क्षेत्रलाई सामेल गरिएको छ । जापानको कृषि मन्त्रालयले यस विषयमा …

न्यूनचापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना

भारतको विहारमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ । राजधानी काठमाडाैँ उपत्यकाको आकाश बिहान सामान्य बद्ली रहे पनि मध्याह्नदेखि पारिलो घाम लागेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पूर्वी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव …

न्यूनचापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,४ पुष । भारतको विहारमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पूर्वी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले पूर्वी क्षेत्रको उच्च पहाडी भेगमा हिमपात साथै केही क्षेत्रमा हल्का वषाकोसमेत […]

न्यूनचापीय प्रणालीको प्रभावः वर्षा र हिमपातको सम्भावना

काठमाडौँ  – भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ। उक्त मौसमी प्रणालीको प्रभावले देशका पूर्वी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले पूर्वी क्षेत्रको उच्च पहाडी भेगमा हिमपात साथै केही क्षेत्रमा हल्का वषाकोसमेत सम्भावना रहेको जानकारी […]

संस्थागत श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुवात

वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात गरिएको छ। सरकारले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति (पूर्वश्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति)का लागि अनलाइन...

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : हल्का वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

अर्थमन्त्री शर्माले गरे अनलाइबाटै भन्सार महसुल बुझाउन सकिने प्रणालीको सुरुवात

काठमाडौँ । भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्माले सुरुआत गरेका छन् । ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित समारोहकाबीच उनले सो प्रणालीको सुभारम्भ गरेका हुन् । इपेमेन्ट प्रणालीको सुरुआतसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्नसक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत […]

लोकतान्त्रिक प्रणालीको भवन निर्माण गर्ने हामी नै हौ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले नै देशमा लोकतान्त्रिक प्रणालीको भवन निर्माण गरेको दावी गरेका छन् । शनिबार देशभरका पार्टी वडा अधिवेशनलाई सम्बोधन गर्दै ओलीले आफुहरु अर्काले ल्याएको लोकतन्त्रको पालीमा ओत नलागेको भन्दै लोकतान्त्रिक प्रणालीको भवन निर्माण गर्ने नै आफुहरु भएको बताए । ‘लोकतान्त्रिक प्रणालीको भवन निर्माण गर्ने नै हामी हौ’, अध्यक्ष ओलीको भनाइ छ । उनले राष्ट्रको उपलब्धिका पछाडि एमालेको असाधारण भूमिका रहेको भन्दै वैचारिक, सांगठनिक हिसाबले पनि एमालेको असाधारण