झापाकाे बाहुनडाँगीमा हात्तीमैत्री ‘सामूहिक खेती’

झापा - जङ्गली हात्तीको क्षतिबाट आजित झापाको बाहुनडाँगीका किसानले हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती सुरुआत गरेका छन् । बालीमा गाईभैँसी र बाख्रालाई जस्तो हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि हात्तीमैत्री अवधारणा प्रयोगमा ल्याइएको स्थानीयवासी बताउँछन् ।  मेचीनगर नगरपालिका वडा नं ४ को प्रधानगाउँका ५० वर्ष उमेर नाघेका २६  किसानले हात्तीमैत्री किसान समूह गठन गरी अढाई बिघा जग्गा भाडामा लिएका छन् । जग्गामा किसानले तरकारी खेती लगाएका छन् । भर्खरै उनीहरूले आलु फलाएका छन् भने भिण्डी, टमाटर, घिरौला, बोडी, फ...