काठमाडौँ। सार्वजनिक सवारीको भाडा घटेको छ। शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो।
यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ।