प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाका दुवै समूह मुलुकभर आन्दोलन, सभा र प्रशिक्षण गर्दै हिँडिरहेका छन् । यसका लागि दुवै समूहले प्रदेश इन्चार्जहरू तोकेका छन् । जुन ठाउँमा आफ्नो पक्ष अलिक कमजोर छ, त्यहाँ पार्टी अध्यक्षहरू पुग्ने भित्री रणनीति दुवै पक्षको छ ।