रामसहायलाई उपराष्ट्रपति बनाएर संसद् छिर्न चाहन्छन् उपेन्द्र

राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका नेपाली कांग्रेस र माओवादी केन्द्रसहित आठ दलले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनाउने सहमति गरेका छन् । राष्ट्रपतिको निर्वाचनपछि ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । जसपाले उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर निर्णय गरिसकेको छैन । तर यसपटक राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष हुने सम्भावना भने बढेको छ ।

सम्बन्धित सामग्री

बारा-२: उपेन्द्र यादव र सीके राउतको शक्ति परीक्षण

गत मंसिरमा भएको चुनावमा पराजित जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अब बारा–२ मा हुने उपनिर्वाचनका लागि मैदानमा छन् । यो क्षेत्रबाट यसअघि जसपाकै रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । तर, अध्यक्ष यादवले चुनाव जितेर पार्टीको संसदीय दलको नेतासमेत बनेका रामसहाय प्रसादलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनमार्फत आफ्ना लागि संसद् छिर्ने बाटो बनाएका हुन् ।