बारा-२: उपेन्द्र यादव र सीके राउतको शक्ति परीक्षण

गत मंसिरमा भएको चुनावमा पराजित जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अब बारा–२ मा हुने उपनिर्वाचनका लागि मैदानमा छन् । यो क्षेत्रबाट यसअघि जसपाकै रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । तर, अध्यक्ष यादवले चुनाव जितेर पार्टीको संसदीय दलको नेतासमेत बनेका रामसहाय प्रसादलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनमार्फत आफ्ना लागि संसद् छिर्ने बाटो बनाएका हुन् ।

सम्बन्धित सामग्री

मधेशमा उपेन्द्रलाई सीके राउतले लगाएको हरन

स्थानीय मुद्दा ओझेलमा परिसकेको बारा–२ को उपनिर्वाचन मधेशको भावी नेता को बन्ने भन्नेतर्फ केन्द्रित भएको छ । उपेन्द्र यादव जसरी पनि जितेर शक्तिकेन्द्रमा रहिरहन चाहन्छन् भने सीके राउत पश्चिम मधेशमा प्रभाव फैलाउने योजनामा छन् ।

उपेन्द्र यादवले उतारेको शक्ति

२०६४ को मधेश विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्रलाई उपनिर्वाचन जित्न यो तहको शक्ति प्रदर्शन गर्नुपर्ने दबाव भने जनमत पार्टीले सिर्जना गरेको हो । स्थानीयको बुझाइमा पनि जनमत पार्टीका अध्यक्ष सीके राउत र त्यो दलका उम्मेदवार शिवचन्द्र कुशवाह नै उपेन्द्रका निम्ति चुनौती बनेका छन् ।

बारा–२ का मतदाताले कुश्वाहालाई उम्मेदवारसम्म ठानेका छैनन्– पूर्ण बस्नेत

काठमाडौं, २९ चैत्र । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बारा– २ मा सीके राउत र तिनका कार्यकर्ताहरुले शिवचन्द्र कुश्वाहालाई आफ्नो उम्मेदवारसम्म पनि नठानेको बताएका छन् । बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादव र शिवचन्द्र कुश्वाहा मुख्य प्रतिद्वन्दी हुनसक्ने अनुमान भइरहेको बेला उनले कुश्वाहालाई त्यहाँका मतदाताले उम्मेदवारसमेत नमानेको बताएका हुन् […]