काठमाण्डाै – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज बुधवार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा–भाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ । आज काठमाण्डाैकाे रानीपोखरी अगाडि रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले नेपाली भाषामा भावानुवादसहितको 'रामायण' लेख्नुभएको थियो । उहाँले लेख्नुभएको रामायण अहिले पनि...