काठमाडाैं। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औं जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। रामायणलाई नेपाली भाषामा लेखेका उनले पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तले घाँसीको उपदेशबाट प्रेरित भइ साहित्यमा लागेका थिए।