सन्दीप लामिछानेले अदालतमा भने, जाहेरवाला नाबालिग होइनन्

काठमाडौं। ती युवतीको दुईवटा जन्मदर्ता भेटिएको र नाबालिग नरहेको पाइएको सन्दीपका कानुन व्यवसायीको दाबी छ।सन्दीपलाई सोमबार काठमाडौं जिल्ला अदालतमा म्याद थपेपछि उनका कानुन व्यवसायीले पीडित भनिएकी युवतीका दुईवटा जन्मदर्ता रहेको र उनी नाबालिग नरहेको आफूसँग बलियो प्रमाण रहेको बताएका छन्।उनलाई जिल्ला अदालत काठमाडौंले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सम्बन्धित सामग्री

सन्दीप लामिछाने पक्राउ

नाबालिग बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले प्रहरी सामू आत्मसमर्पण गरेका छन् ।

सन्दीप लामिछाने पक्राउ

काठमाडाैँ – राष्ट्रिय क्रिकेट टोली(क्यान) का पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार पक्राउ परेका छन् । नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर लामिछाने आज बिहीबार त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तै पक्राउ परेका हुन् । गत भदौ ५ गते राति १७ वर्षीया नाबालिग किशोरीसँग होटलमा सँगै बिताएपछि भदौ ६ गते सन्दीप नैरोबी उडेका थिए । प्रहरीका अनुसार ती […]

सन्दीप लामिछानेले भने : टीकाको भोलिपल्ट नेपाल आइपुग्छु

काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने दशैंको टीकाको भोलिपल्ट काठमाडौं आउने भएका छन्। सन्दीपले आफ्नो फेसबुक पेजमार्फत उक्त जानकारी दिएका हुन्। 'ठुलो आशा र हिम्मतका साथ, अक्टोबर ६ मा म नेपाल पुग्ने पक्का भएको जानकारी गराउँदछु। अनि मविरुद्ध लागेको झुटो मुद्दाको कानुनी लडाई लड्नेछु,' लामिछानेले…