आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ मतदान स्थल थप गरिएको छ । जिल्लामा मतदाताको सङ्ख्या ८६ हजार एक सय २० कायम भएको छ । भौगोलिकरूपमा विकट, अपायक भएका र मतदाता सङ्ख्या बढी भएका ठाउँमा मतदानस्थल र केन्द्र थपिएका हुन् । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले थपिएका सहित म्याग्दीमा ८२ मतदानस्थल र एक सय १९ मतदान केन्द्र कायम भएका जानकारी दिए । गत स्थानीय तह निर्वाचनमा ७४ मतदान स्थलमा एक सय १४ केन्द्र थिए । धवलागिरि, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण