नवलपरासीमा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच शुरु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) । जिल्लाको दुई पालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच शुरु गरिएको छ । जिल्लाको देवचुली नगरपालिका–४ र हुप्सेकोट गाउँपालिका–३ मा जग्गा नापजाँच थालिएको हो ।  भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्नेको जग्गा नापजाँचका लागि सोही वडाबाट नियन्त्रण विन्दु स्थापना गरी वडाका विभिन्न स्थानमा प्राविधिकसहितको टोलीले जमिनको नाप लिइरहेका छन् ।  देवचुली नगरपालिका–४ का बमबहादुर मगरले ५२ वर्षदेखि पुर्जाबिना नै बसे पनि यसपालि भने पुर्जा पाउनेमा आशा बढेको बताए । ‘५२ वर्षदेखि जग्गा दिन्छु, दिन्छु भन्ने धेरै आए, हामीलाई खाली आसमात्र दिएका छन्,’ उनले भने, ‘यसपालि जग्गा नापजाँच शुरु भएकाले पुर्जा पाउनेमा आशा बढेको छ ।’  जग्गाको पुर्जा नहुँदा चाहेको पेसा व्यवसाय गर्न नपाएका स्थानीय यस प्रक्रिया छिटो टुङ्गिए हुन्थ्यो भन्ने आशामा छन् । जमिन भएर पनि व्यवस्थित व्यवसाय गर्न नपाएको हुप्सेकोट गाउँपालिका–३ का रेवती सारुले बताइन् ।  हुप्सेकोट गाउँपालिका–३ मा भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गरेका स्थानीयको जग्गा नापजाँच गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अब छिट्टै लालपुर्जा वितरण गर्ने विश्वास दिलाए । वडा नं २ मा यसअघि नै जग्गा नापजाँच गरिसकिएको छ भने अहिले वडा नं ३ मा उक्त काम जारी रहेको अध्यक्ष पाण्डेले बताए ।  हुप्सेकोट गाउँपालिकामा २ हजार ५०० र देवचुली नगरपालिकामा ४ हजार ४६० भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित गरी परिवारको बसोबास छ । रासस

सम्बन्धित सामग्री

भूमि आयोगद्वारा बन्दीपुर गाउँपालिकाभित्र जग्गा नापजाँच सुरु

दमौली- तनहुँको बन्दीपुर गाउँपालिकाभित्र अव्यस्थित ढंगले बसोबास गर्दै आएकालाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्न जग्गा नापजाँच सुरु गरिएको छ। राष्ट्रिय भूमि आयोग तनहुँले बन्दीपुर गाउँपालिका- १ बाट जग्गा नापजाँच सुरु गरेको हो। आयोगले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि उक्त वडाबाट जग्गा नापजाँच सुरु गरिएको सोही वडाका वडाध्यक्ष […]

भीमदत्तमा ऐलानी जग्गा नापजाँच सुरु

कञ्चनपुरको भीमदत्त नगरपालिकामा ऐलानी जग्गा नापजाँच सुरु भएको छ। भूमिहिन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु भएको हो। मंगलबारदेखि भीमदत्त नगरपालिका ४ नम्बर वडाबाट...

कोहलपुरमा ऐलानी जग्गा नापजाँच गरिँदै

नेपालगञ्ज – कोहलपुर नगरपालिकाले ऐलानी जग्गा नापजाँच कार्यलाई तीव्र पारेको छ। भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउन जग्गा नापजाँचलाई तीव्रता दिइएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए। मंगलबारदेखि कोहलपुर नगरपालिका वडा नम्बर १२ मा पनि ऐलानी जग्गा नापजाँच सुरु भएको छ। अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन […]

बेलडाँडीमा ऐलानी जग्गा नापजाँच सुरु

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा ऐलानी जग्गा नापजाँच सुरु गरिएको छ। बेलडाँडी गाउँपालिकाले बुधबारदेखि ऐलानी जग्गा नापजाँच सुरु गरेको हो। भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि जग्गा नापजाँच सुरु...

कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जग्गा नापजाँच तत्काल रोक्न निर्देशन दिएको छ। निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणको प्रयोजनार्थ जग्गा नापजाँच भइरहेका बेला आयोगले कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेखेको हो। जिल्ला निर्वाचन कार्यालयलाई बोधार्थ दिइएको पत्रमा आयोगले दुई दिनभित्र यसबारे निर्णय गरेर जानकारी गराउन पनि निर्देशन दिएको छ। ‘आयोगबाट […]

कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन

काठमाडौं, १६ कात्तिक । निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिका निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणको प्रयोजनार्थ भइरहेको जग्गा नापजाँच तत्तकाल रोक्न निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै आयोगले यस्तो निर्देशन दिएको हो । जिल्ला निर्वाचन कार्यलयलाई बोधार्थ दिइएको पत्रमा आयोगले दुई दिनभित्र यसबारे निर्णय गरेर जानकारी गराउन पनि निर्देशन […]

कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन

काठमाडौं– निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणको प्रयोजनार्थ भइरहेको जग्गा नापजाँच तत्काल रोक्न निर्देशन दिएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएकोले तत्काल रोक्न निर्देशन दिइएको निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै बताएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै आयोगले यस्तो निर्देशन दिएको हो ।  जिल्ला निर्वाचन […]

रुपन्देहीको तिलोत्तमामा जग्गा नापजाँच सुरु

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय भूमि आयोगले अवस्थित  बसोवासीहरुको जग्गा नापजाँच कार्य सुरु गरेको छ । शुक्रबारदेखि नगरपालिकाको तीन नम्बर वडामा एक समारोहकाबीच नापजाँच सुरु गरिएको हो ।  राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले रुपन्देहीका दशवटा पालिकाहरूका नापजाँच गर्ने कार्यक्रमअनुसार आजदेखि तिलोत्तमामा सुरु भएको बताए । उनले छिट्टै  नापजाँचको काम सम्पन्न गरी समस्याको रूपमा रहेको दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा

बेदकोटमा अव्यवस्थित बासिन्दाको जग्गा नापजाँच शुरु

कञ्चनपुर : बेदकोट नगरपालिकामा अव्यवस्थित बसोबासीको जग्गा (ऐलानी–पर्ति) नापजाँच आज शुरु भएको छ। नगरपालिकाको वडा नं १ हात्तीथला, वडा नं २ को चाँदनीफाँटा र वडा  नं ४ को विजयनगर (बगुन) क्षेत्रमा एकसाथ जग्गा नापजाँच शुरु गरिएको हो।तीनवटै वडामा जिपिएस प्वाइन्ट राख्ने कार्य गरी नापजाँच अगाडि बढाइएको हो। नगर प्रमुख असोक चन्दले जग्गा नापजाँचको जिपिएस प्वाइन्ट राख्ने ठाउँमा पूजा गरी शुभारम्भ गरेका छन्। उनले जग्गा नापजाँच शुभारम्भ गर्दै थप दक्ष जनशक्ति व्यवस्थापन ग

जग्गा नापजाँच प्रक्रियामा बेलबारी नगरपालिकाको आपत्ति

मोरङ – राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोवासको लगत संकलन तथा जग्गा नापजाँच प्रक्रियामा मोरङको बेलबारी नगरपालिकाले आपत्ति जनाएको छ। बेलबारीमा धेरै संख्यामा सुुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबास रहेको जनाउँदै नगरपालिकाले आयोगद्वारा जारी गरेको सूचनामा आपत्ति जनाएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए। नगरपालिकाभित्र ६ हजारभन्दा बढीको संख्यामा सुकुमबासी रहेको जनाउँदै मेयर सुवेदीले पहिलो […]