मान्छेले बोक्न सक्ने र प्रकाश नहोस् भनेर बाक्लो कपडाले ढाकेको ठिक्क–ठिक्ककै एउटा बाकसभित्र अँध्यारो पारेर ब्याट्रीको बत्ती बालेपछि स्थिर रिलहरूमा दूरदराजका ठाउँ, दृश्य, बलिउडका सिताराहरूको आकर्षक थोपडा देखाएर मनग्य कमाउने र जीविका टार्ने एक थरीका व्यापारी हुने गर्थे । तिनले बोक्ने बाकसलाई ‘बाइस्कप’ (दुवै आँखाले हेर्ने) भनिन्थ्यो । अहिले पनि त्यस्ता बाकसमा ‘बाइस्कप’ देखाउने काम […]
हुँदा खानेहरू मात्र होइन, हुनेखाने नेपालीहरू पनि सामथ्र्यले भ्याएसम्म हुलका हुल देश छाडेर विदेशतिरै ‘लम्क लम्क लम्क हे नौजवान हो’ गरिराछन् । किन होला ? पैसा ख्वाएर, लात्ती र अपमान सहेर, भकुन्डिएर, झुन्डिएर, लखेटिएर जसरी पनि मुलुक छाड्नु आवश्यकता होला कि बाध्यता ? देखासिकी होला कि लहैलहै ? जाने मात्रै हो र ? बलजफ्ती पठाउने बाबुआमा पनि छन् भन्या !
खासमा त देश भनेको यहाँका शासकहरू पो रहेछन् । सर्वसाधारणलाई त नुन, तेल, तरकारी, आदि पाए पुगिहाल्छ नि हो, दुई दिनको जिन्दगीमा ।
कोही भुटानी बनाएर नेपालीलाई अमेरिका छिराउन प्रयास गर्दै, कोही मेक्सिकोको सीमाबाट अवैध रूपले अमेरिका छिर्दै । कोही रसियन सेना बनेर लड्दै त कोही युक्रेनबाट लड्दै । देशभित्र बहादुरी देखाउन नपाएर कि नसकेर यी भाडाका सेना बन्न गाका होलान् ? यसरी नेपालबाट वैध वा अवैध बाटोबाट यति ठूलो संख्यामा नेपालीहरू निरन्तर विदेश छिर्न किन परेको होला ? तपाईंलाई ताजुप लागेको छ ? छक्क पर्नुभएको छ कि आश्चर्यमा ?
छक्क पर्नै पर्दैन । सबैले भन्छन् पैसा कमाउन विदेश गएको । तर, नेपाली गरीब भएर विदेश गएकै होइनन् । उपायहीन र आर्थिक स्रोतविहीन मान्छे पचासौं लाख रुपैयाँ र महीनौंको समय खर्चेर विदेश जान सक्छ र ? किमार्थ सक्तैन । लाखौं खर्चेर विदेश हानिन सक्ने क्षमता कसरी आयो ? नेताहरूले देशलाई त स्वर्गैसरी बनाइसकेका छन् त । नेपालीलाई त उनीहरूले कुबेर नै बनाइसकेका रेछन् । त्यै भएर पो अहिले विदेश जानु नेपालीका लागि पानीपँधेरो सरह छ । त्यसैले त बसपार्क भन्दा प्लेनपार्कमा बढी भीड छ ।
नपत्याए हेर्नुस् त । वर्षकोे झण्डै ५० खर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा नेपालीले विदेश लगेको तथ्यांक छ । घुमन्ते पर्यटक भएर, शिक्षाटन र भिक्षाटन गरेर, स्वास्थ्य पर्यटक अर्थात् बिरामी टुरिष्ट बनेर । यसरी प्रत्येक वर्ष शिक्षाका लागि करीब ४ खर्ब, स्वास्थ्यमा अढाई खर्ब र अरू वैध–अवैध पूँजी पलायन करीब ४ खर्ब रुपियाँ देशबाट फुत्त फुत्त बाहिरिइरहेको छ । अमेरिकीलाई धनी बनाउन, साउदी अरबलाई झिलिमिली पार्न धेरथोर योगदान नेपालीको पनि छ । त्यसैले न नेपाल गरीब छ न नेपाली गरीब । जाबो अर्काको देशमा पुग्न यतिका धेरै रकम तिर्न सक्ने कसरी हुन्छ गरीब ?
डलर बोक्दा समातिन्छ अनि त्यत्रो पैसा सजिलै विदेश लैजान पाइन्छ र भन्नुहोला । किन नपाउनु ? मान्छे नै तस्करी हुने देशमा जाबो पैसाको के कुरा ? चुट्कीको भरमा विदेश पुग्छ । हुन्डीवालादेखि भुँडीवालसम्म, एनआरएनएदेखि ज्वाइँनारानसम्म, साथीभाइदेखि हाईहेलोका चिनजानसम्म सबैले सघाएपछि अघाउन्जेल पुग्छ पैसा विदेश । यसमा नेपालको माथ्लो वर्गका राजनीतिज्ञ, कर्मचारी, व्यापारी र आफूलाई अभिजात ठान्नेहरूको भरपूर सहयोग रहेकै हुन्छ ।
कोही भन्छन् नेपालको शिक्षा गुणस्तरीय नभएर विदेश जान परेको रे । होइन नि । नेपालमा पढेकाहरूले विदेशमा टन्न छात्रवृत्ति पाइराछन् । विदेशीले नेपाली विद्यार्थीलाई तानी तानी लैजानुपर्ने, छानी छानी छात्रवृत्ति दिनुपर्ने बनाएको त यहीँका शासकहरूले, यहीँका विद्यालय/विश्वविद्यालयले हैन र भन्या ? अनि शासकहरूले यो गरेनन् र त्यो गरेनन् भनेर गाली मात्र गरिरहने ?
त्यसैले यो कसैले चिन्ता लिनुपर्ने बिषय नै होइन । वास्तवमा देशप्रेमको नारा नै बकवास भैसक्यो । देश भनेको के हो ? चुच्चे नक्सा हो ? सिमाना हो ? माटो हो? हिमाल, पहाड, नदी हो? भूगोल हो ? झण्डा हो ? राष्ट्रिय गीत हो? दौरासुरुवाल हो ? खासमा त देश भनेको यहाँका शासकहरू पो रहेछन् । सर्वसाधारणलाई त नुन, तेल, तरकारी, आदि पाए पुगिहाल्छ नि हो, दुई दिनको जिन्दगीमा । पहिले देश राजा थियो । अहिले भने देशको परिभाषा अलिअलि फेरिएको छ । अहिले चैं देश भनेको नेता हो र अझ अभिनेता हो ।
पछिल्लो कालखण्डमा देश भनेको संघ हो । प्रदेश हो। कि स्थानीय तहहरू पनि हुन् । अर्थात् शासक वर्गको स्वार्थ नै देश हो । खै कुरा बुझेको ? यसरी आफ्नो अलिकति पनि स्वामित्वमा नभएको देश जनताको देश कसरी हुन्छ ? अनि आफ्नो देश नरहेपछि मान्छे त्यो देश भनेर बसिरहन्छन् कि देश खोज्दै विदेशका गल्ली गल्ली भौंतारिन थाल्छन् ?
अबुझहरू सजिलै भन्छन् कि देश भनेको जनता हो । तर, कुन जनता ? श्रमिकहरू ? कि दरबान, कुल्ली र कान्छा, कान्छीहरू ? माटो खोस्रिएर घस्रिन खोज्ने गरीब गाउँलेहरू कतै देश हुन सक्छन् ? उनीहरू कसरी देशको परिभाषाभित्र पर्छन् र ? चुनावको बेलाबाहेक अन्य बेला नचाहिने ती पनि देश हुन्छन् र ?
देश भनेको जहिले पनि शासकले आज्र्याको हो न कि सामान्य नागरिकहरूले । त्यसैले देश शासकहरूको मात्र हो कि तिनका आसेपासेको, न कि जनताको । यो देश सक्नेहरूको हो अर्थात् ठेट नेपाली भाषामा भन्नुपर्दा यो देश भालेहरूको हो ।
यो देश कसको ?
यो देश कसको भालेको
भित्रभित्रै टालेको
बिजुलीबत्ती नबालेको
गुण्डा बदमास पालेको ।
देशलाई ठेक्कामा हालेको
नैतिकता सबै फालेको
छिमेकीले चाल चालेको
टायरहरू धेरै बालेको
पुरानो राजा फालेको
नयाँ बन्न थालेको ।
पोथी होइन, भालेको
नियत ठीक छैन लालेको
सत्ताको चाल चालेको
आफ्नैलाई जेल हालेको
कांग्रेस कि एमालेको
कि बूढा नेता र्यालेको ?
हाम्रालाई पालेको
राम्रालाई फालेको
नियम कानून टालेको
निमुखालाई गालेको
दौरासुरुवाल फालेको
विदेशी पोशाक हालेको ।
दशकौं सत्ता समालेको
काण्डै काण्ड निकालेको
भ्रष्टाचारले गालेको
पशुपतिमा जलहरी हालेको
दलालतन्त्रलाई पालेको
देशलाई नर्कमा पसालेको ।
मुखमा राम कसेको
भित्रै छुरा धसेको
नयाँ जोगी पसेको
खरानी धेरै घसेको
यो देश कसको भालेको
भित्रभित्रै टालेको ।।
गौरीशंकर गाउँपालिका–१ का खड्गबहादुर बस्नेत आजभोली नाम चलेको स्थानीय व्यापारी हुन् । उनको स्थायी ठेगाना झगडे भएपनि अहिले दहबारीमै भएको आफ्नै जग्गामा घर बनाएर व्यापार गर्दै आएका छन् । केही वर्ष अघिसम्म दहबारी उनको घरदेखिको टाढाको बारी हो । पदमबहादुर खत्री पनि युवा बेला देश विदेश घुमेर दहबारीमै व्यापार गर्न थालेका छन् । उनले दहबारीमा […]
राजनीतिक दलहरुले चुनाव लड्न भन्दै व्यापारी, सरकारी कर्मचारी, वित्तीय संस्था तथा संघसंस्थाहरुसँग चन्दा उठाइरहेको भनेर अहिले बजारमा जताततै सुनिन्छ । यसरी अरुसँग चुनाव खर्च उठाएर आफू चुनाव जित्ने अनि महँगीको मारमा जहिले पनि जनता फस्ने ? नेताहरुले चुनाव जितेपछि जनता र राष्ट्रको हितमा भन्दा पनि हिजो चुनाव जित्न पैसा दिएका संघसंस्था, व्यापारी वा कर्मचारीहरुको हितमा […]
‘ठूला व्यापारी वा व्यवसायीको घर हुँदैन, देश हुँदैन र बस्ने ठाउँ पनि हुँदैन, उनीहरू जहाँ नाफा हुन्छ, त्यहाँ जाने र बस्ने हो,’ मेयर राईले भने, ‘तर, किसान दीर्घकालसम्म यही बस्छन्, यही काम गर्छन् र गुजारा चलाउँछन्। त्यसैले उनीहरूको समस्या समाधान गर्नु नगरको प...
काठमाडौं, ६ साउन । नेकपा (एमाले) का नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफूमा नेतामा हुनुपर्ने गुण सबै रहेको बताएका छन् । आफू व्यापारी भएपनि देश चलाउन सक्ने आँट र क्षमता भएको बताएका छन् । पत्रकार धमलाले क्षमताले भन्दापनि एमाले अध्यक्ष केपी शर्मा ओलीले दाईजोमा उपहार दिएको हो नि ? भनेर टिप्पणी गर्दा प्रसाईले भने–‘होईन, […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिलेकै तरिकाले अधोगतिमा जाने हो भने श्रीलङ्का भन्दा पनि खराब स्थितिमा पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन् । आज (सोमबार) विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै ओलीले सो चिन्ता व्यक्त गरेका हुन् । बजेट निर्माणमा व्यापारी तथा अनधिकृत व्यक्तिलाई घुसपैठ गराइएको घटना निकै गम्भीर भएको ओलीले बताए […]
सुभाषचन्द्र देवकोटा-
भारतका प्रखर समाजवादी दार्शनिक राममनोहर लोहियाले एक ठाउँमा भनेका थिए - राजनीति गर्ने उच्च नेता, धनाढ्य ठूला व्यापारी र सरकारका उच्च कर्मचारीको स्वार्थ जब एकै हुन्छ, तब भ्रष्टाचार हुन्छ। नेपाल अहिले लोहियाले भनेजस्तै राजनीतिज्ञ, ठूला व्यापारी र सरकारका उच्च कर्मचारीको स्वार्थको गठजोडमा फसेको छ र भ्रष्टाचारको लागि मलिलो…
नेपाल यस्तो देश हो जहाँ महामारी आउँदा केही मानिसको दिन खुल्छ जबकि देशले ठूलो क्षति व्यहोरिरहेको हुन्छ । महामारीमा दिन खुल्छन्- नेता, व्यापारी, मेडिकल, अस्पतालहरूका । सन् २०१९ देखि चीनको हुआन् प्रान्तबाट शुरु भएको कोरोना महामारी रोकथाम गर्नका लागि मास्कको अनिवार्य प्रयोग सर्वस्वीकार्य विषय बन्यो । योसँगै विश्वका सबै मानिसले मास्क लगाउनुपर्ने अवस्था सिर्जना भयो […]