सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको लागि कर तथा राजश्व सम्बन्धि सुझाव पेश गर्न आग्रह गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले कर तथा राजश्व सम्बन्धि सुझाव पेश गर्न आग्रह गरेको हो।विभाग अन्तर्गतको आन्तरिक राजस्व उप-समितिले आगामी आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क तथा समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानूनी सुधार, प्रक्रियागत सरलीकरण सम्बन्धी सुझावहरु दिनको लागि आग्रह गरेको हो । उपसमितिले २०७८ फागुन मसान्तसम्ममा सुझाव दिनको लागि सम्बन्धित संघ-संस्था, सरकारी निकाय, बुद्धिजीवीहरु एवं सरोकारवाला सबैमा अनुरोध गरेको छ।सुझाव पठाउने ठेगाना ; आन्तरिक राजस्व विभाग, नीति विश्लेषण शाखा, लाजिम्पाट, काठमाडौं; फ्याक्स: ४४११७८८ e-mail: policyird@ird.gov.np