पुस मसान्तभित्र आयकरको पहिलो किस्ता बुझाउन सरकारको आग्रह

पुस २८, काठमाडौं । सरकारले आर्थिक वर्ष ७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न आग्रह गरेको छ ।  अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले आर्थिक वर्ष ७८/७९ को आयकरको पहिलो किस्ता वापतको ४० प्रतिशतले हुने रकम पुस मसान्तसम्म दाखिला गर्न आग्रह गरेको हो । विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको लागि सार्वजनिक सूचना जारी गरेको छ । आयकर ऐन, २०५८ (संशोधन सहित) को दफा ५४ को उपदफा (१) वमोजिम आर्थिक वर्ष २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ९५ वमोजिम आर्थिक वर्ष २०७८/७९ को कारोबारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको पहिलो किस्ता वापतको ४० प्रतिशतले हुने रकम यहि पुस मसान्तभित्रै दाखिला गर्नको लागि विभागले सूचना जारी गरेको हो । 

सम्बन्धित सामग्री

असार मसान्त भित्रै तेस्रो किस्ताको कर तिर्न सरकारको आग्रह

सरकारले आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण दाखिला असार मसान्त भित्र नै गर्न ताकेता गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ७७/७८ को आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण दाखिला असार मसान्त भित्र नै गर्न आग्रह गरेको हो । विभागले  आयकर ऐन, २०५८ (सं.स.) को दफा ९४ को उपदफा (१) वमोजिम आय बर्ष २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ वमोजिम आय वर्ष २०७८/७९ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको तेस्रो किस्ता वा सतप्रतिशत रकम मध्ये तिर्न बांकी कर रकम यहि २०७९ असार मसान्तभित्रै तिर्न आग्रह गरेको हो । विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व करदाता सेवा कार्यालयमा कर दाखिला गर्न भनेको छ ।सूचनामा भनिएको छ ' आयकर ऐन, २०५८ (सं.स.) को दफा ९४ को उपदफा (१) वमोजिम आय बर्ष २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ वमोजिम आय वर्ष २०७८/७९ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको तेस्रो किस्ता वा सतप्रतिशत रकम मध्ये तिर्न बांकी कर रकम यहि २०७९ असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व करदाता सेवा | कार्यालयमा दाखिला गर्नुहुन जानकारी गराइएको छ ।'

पुस मसान्तभित्र ४० प्रतिशत कर बुझाउन सरकारको आग्रह

सरकारले आर्थिक वर्ष ७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न ताकेता गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न आग्रह गरेको हो ।  विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको लागि सार्वजनिक सूचना जारी गरेको छ । आयकर ऐन, २०५८ (संशोधन सहित) को दफा ५४ को उपदफा (१) वमोजिम आ.व. २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ५५ वमोजिम आर्थिक वर्ष २०७८/७९ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको पहिलो किस्ता वापतको चालीस प्रतिशतले हुने रकम यहि २०७८ पौष मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको लागि विभागले सार्वजनिक सूचना जारी गरेको हो।