राष्ट्रिय परिचयपत्रको विवरण आफैंले हेर्न र चाहेमा स्क्रिन सट प्रिन्ट गर्न सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार सूचना जारी गर्दै फोटो खिचाएका र बायोमेट्रिक लिएका सम्बन्धित नागरिकले सिटिजन पोर्टलमा आफ्नो नाम, जन्ममिति र नागरिकता जारी मिति टाइप गरेर मोबाइलबाटै विवरण हेर्न सकिने व्यवस्था गरिएको जनाएको हो ।