‘ओभर फ्लो’ भएर बग्न थाल्यो पहिरोले थुनिएको गुर्जाखोला

म्याग्दी, साउन १० । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको हो । तलाउ एकैपटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने बढेको छ । गुर्जा […]

सम्बन्धित सामग्री

पहिरोले थुनिएको गुर्जाखोला तलाउ भरिएर बग्न थाल्यो

पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । “तलाउ भरिएर माथिबाट बग्न थालेको हो”, उनले भने, “थप जोखिमको अवस्था अध्ययनका लागि आज बिहानै पहिरो गएको ठाउँतर्फ हिँडेका छौँ ।” तलाउ एकैपटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा बाढ

पहिरोले थुनिएको म्याग्दीको गुर्जा खोलामा बिस्तारै पानी बग्न थाल्यो

म्याग्दी - पहिरोले थुनिएको म्याग्दीको गुर्जा खोलामा बिस्तारै पानी बग्न थालेको छ । थुनिएको खोलामा थोरै पहिरो हटाएर पानी बग्न थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा पर्ने खास्टा पहाडबाट पहिरो खसेर गुर्जाखोला थुनिएको थियो ।  गुर्जाखोला म्याग्दी खोलामा मिसिने भएकाले पहिरो खसेर खोला थुनिएपछि हिजो माइकिङ्ग गरी खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउन...