द्रुतमार्गको लागि पाँच वर्षमा करिब ५१ अर्ब बजेट छुट्याइयो, खर्च आधा पनि गर्न सकिएन

काठमाडौं।सरकारले पछिल्लो पाँच वटा आर्थिक वर्षमा काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनालाई विनियोजन गरेको ५० अर्ब ८४ करोड ६० लाख रुपैयाँमध्ये आधापनि खर्च हुन सकेको छैन।राष्ट्रिय गौरवको आयोजनामध्येको एक द्रूतमार्गमा आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म विनियोजन गरिएको उक्त रकममध्ये २५ अर्ब ३९ करोड २ लाख २९ हजार ९२० रुपैयाँमात्र खर्च भएको छ।द्रुतमार्गलाई छुट्याइएको आधाभन्दा बढी रकम फ्रिज भएको छ।

सम्बन्धित सामग्री