हामी एक्लै चुनाव लड्न तयार छौँ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माओवादी एक्लै चुनाव लड्न तयार भएको बताएका छन् । बागलुङ काठमाडौँ सम्पर्क समन्वय समिति काठमाडौँ आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै उनले भने, ‘हामी अरूभन्दा धेरै लचिलो छौँ । हामी आफ्नै बुताले चुनाव लडेर जित्छौँ । हामीले चुनाव जित्ने ठाउँ हिजो पनि थिए आज पनि छन् ।’माओवादीको कारण धर्म निरपेक्षता, संघीयता, समावेशी समानुपातिकलगायतका उपलब्धि हासिल भएको बताउँदै यसलाई भत्काउन प्रतिक्रियावादी लागेको आरोप लगाए । विचार, राजनीति, र दृष्टिकोण

सम्बन्धित सामग्री

विद्यालय भवन र भौतिक पूर्वाधार निर्माणका लागि बजेट कमी हुँदैन : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नियमावली संशोधन गरेर भए पनि शिक्षक तथा कर्मचारीको समस्या समाधान गरिने बताएका छन् । बुटवलमा रहेको कान्ति माविको ६८औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षक तथा कर्मचारीको समस्या समाधानका लागि सरकार जहिल्यै पनि तयार रहेको बताए ।  स्थानीय स्तरमा शिक्षक दरबन्दी थप तथा मिलन गर्ने गरी यहीँ महिनामा शिक्षक सेवाबाट स्थायी रूपमा शिक्षक परिपूर्ति गर्न लागिएको भन्दै उनले बढी विद्यार्थी भएको स्थानमा सबैभन्दा बढी शिक्षक दरबन्दी सिर्...

शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन् । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको १४ औं साधारणसभा तथा ७ औं केन्द्रीय अधिवेशनमा मन्त्री पौडेलले प्रविधिको क्षेत्रमा देशले फड्को मार्दै गइरहेकाले शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।बालबालिकालाई शिक्षण संस्थाले प्रविधिसँग जोड्दै लैजानुपर्नेमा जोड दिँदै उनले प्रविधिको क्षेत्रमा मन्त्रालय लगानी गर्न तयार रहेको प्रतिवद्धता जनाए । बालबालिकालाई सक्षम नागरिक बनाउन सेतो गुराँसले महत्वप

सङ्घीय निजामती ऐन अगाडि बढ्छ : मन्त्री पौडेल

कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संसद्मा रोकिएको सङ्घीय निजामती ऐन अगाडि बढ्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को शुभेच्छुक संस्था नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ गण्डकी प्रदेशको दोस्रो भेलालाई आज पोखरामा उद्घाटन गर्दै उनले ठूलो मेहेनतबाट तयार गरिएको निजामती ऐन विभिन्न कारणले संसद्मा अड्किएको भए पनि अब अगाडि बढाइने बताए । […]

बजेट कार्यान्वयनका कार्ययोजना तयार गरिन्छ : मन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन गर्नको लागि स्पष्ट कार्ययोजना तय गरिने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि अध्यादेशमार्फत ल्याएको बजेट राम्रो हुँदा हुँदै पनि कार्यान्वयनमा शङ्का गरिएको भन्दै अर्थमन्त्री पौडेलले मन्त्रालयगत कार्ययोजना बनाएर सरकार अघि बढ्ने उल्लेख गरे ।  नेपाल आर्थिक पत्रका...