बजेट कार्यान्वयनका कार्ययोजना तयार गरिन्छ : मन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन गर्नको लागि स्पष्ट कार्ययोजना तय गरिने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि अध्यादेशमार्फत ल्याएको बजेट राम्रो हुँदा हुँदै पनि कार्यान्वयनमा शङ्का गरिएको भन्दै अर्थमन्त्री पौडेलले मन्त्रालयगत कार्ययोजना बनाएर सरकार अघि बढ्ने उल्लेख गरे ।  नेपाल आर्थिक पत्रका...

सम्बन्धित सामग्री

आफूखुसी बजेट बनाउने कार्य गलत होः मन्त्री पौडेल

रुपन्देही –उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको बताएका छन्। रुपन्देहीका सरकारी कार्यालयका प्रमुखसँग आज साँझ भैरहवामा छलफल गर्दै उनले भने, “औचित्यताको आधारमा नबनाई आफूखुसी बजेट बनाउने र वर्षको बीचमा आएर बजेट रकमान्तरण गर्ने गलत परिपाटी रोक्न हामीले नीति नै बनाउदैछाँै […]

जनताको सहमतिमा उत्तरगंगा जलाशयुक्त परियोजना अघि बढाउँछौं : मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उत्तरगंगा जलाशयुक्त परियोजना अघि बढाउने बताएका छन् ।  मंगलबार ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ मा चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीयसँग सहमति गरेर परियोजना अघि बढाउने बताएका हुन् । “उत्तरगंगा जलाशयुक्त परियोजना स्थानीयहरूको जग्गाको मुआब्जासम्बन्धी अन्योललाई टुंग्याएर अघि बढाउँछौं” उनले भने,“यो वर्ष पनि सरकारले २ करोड बजेट विनियोजन गरेको छ । स्थानीयहरुको सहमतिमै उत्तरगंगा जलाशयुक्त परियोजना अघि बढाउँछौं ।&rdquo

कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थले बजेट दिएन : मन्त्री पौडेल

काठमाडौं :  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन्।आइतबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन्।उनले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्था माग गरेर अर्थ मन्त्रालयलाई पठाएको बताए। मन्त्री पौडेलले सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा पुर्‍याइन

विद्यालय भवन र भौतिक पूर्वाधार निर्माणका लागि बजेट कमी हुँदैन : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नियमावली संशोधन गरेर भए पनि शिक्षक तथा कर्मचारीको समस्या समाधान गरिने बताएका छन् । बुटवलमा रहेको कान्ति माविको ६८औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षक तथा कर्मचारीको समस्या समाधानका लागि सरकार जहिल्यै पनि तयार रहेको बताए ।  स्थानीय स्तरमा शिक्षक दरबन्दी थप तथा मिलन गर्ने गरी यहीँ महिनामा शिक्षक सेवाबाट स्थायी रूपमा शिक्षक परिपूर्ति गर्न लागिएको भन्दै उनले बढी विद्यार्थी भएको स्थानमा सबैभन्दा बढी शिक्षक दरबन्दी सिर्...

‘निर्वाचनमा बजेट अभाव हुन्न’

आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक बजेटका विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल भएको छ । मङ्गलबार मन्त्री पौडेल र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचनको आर्थिक व्यवस्थापनका सम्बन्धमा छलफल भएको हो । छलफलमा अर्थमन्त्री पौडेलले निर्वाचनका लागि आवश्यक बजेट सरकारले उपलब्ध गराउने बताउनुभयो । उहाँले बजेटको कुनै अभाव नहुने भन्दै निर्वाचन खर्चलाई मितव्ययी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सबै प्रकारका खर्चमा मितव्ययिता, पारदर्शिता र जवाफदेहितामा ध्यान दिन आयोगलाई सचेत गराउनुभयो ।