पोखरामा डिसहोम फाइबर नेट सेवा

काठमाडौं । डिस मिडिया नेटवर्क डिसहोमले कास्कीको पोखरामा डिसहोम फाइबरनेट सेवा सञ्चालनमा ल्याएको छ । पोखराको नयाँबजारस्थित भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालिमा पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष नारायण कोइरालाले उक्त सेवा उद्घाटन गरे ।   डिस होमका एरिया सेल्स म्यानेजर, सेल्स अफिसर, प्राविधिक, डिलर दाइहरु, स्थानीयलगायत सहभागी कार्यक्रममा भट्टराई एन्ड ब्रदर्स सप्लायर्सका अध्यक्ष  अम्बिकामोहन भट्टराईले डिसहोम फाइबर नेटको सेवाबारे जानकारी दिए । पोखरामा सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका ग्राहकलाई सस्तो र गुणस्तरीय इन्टरनेट सेवा दिइने उनले बताए । कम्पनीले बुधबारबाट १० एमबीपीएसदेखि ग्राहक रोजाइअनुसार १०० एमबीपीएससम्मका प्याकेज उपलब्ध गराउनेछ । पोखरामा सुरु गरिएको यो सेवा क्रमशः यस क्षेत्रका ग्रामीण भेगमा पनि पु¥याइने डिस होमका एरिया सेल्स म्यानेजर प्रदीप सुवेदी ले जानकारी दिए ।

सम्बन्धित सामग्री

सबैभन्दा सस्तो इन्टरनेट सेवा दिने कम्पनी बन्यो डिसहोम

टेलिभिजन तथा इन्टरनेट सेवाप्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेडले नेपालमा सबैभन्दा सस्तोमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी डिसहोम फाइबर नेट भएको छ

सेवा विस्तार गर्दै डिसहोम फाइबर नेट

दाङको घोराहीबाट सेवा दिन थालेको डिसहोम सिम टिभी फाइबर नेटले जिल्लाका सबै क्षेत्रमा सेवा विस्तार गर्ने भएको छ । ग्रामीण क्षेत्रसम्म सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि सेवा विस्तार गरिने बताइएको छ । घोराहीमा रहेको नमुना स्याटलाइट सर्भिस प्रालिले नेट सेवा प्रदान गर्दै आएको छ । प्रालिले करिब डेढ वर्षदेखि जिल्लामा डिसहोम सिम टिभी […]

डिसहोम फाइबरनेटको शोरुम विराटनगरमा

डिसहोम फाइबर नेटले विराटनगरको तीनपैनी सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । १५ जेठदेखि बिक्री तथा सेवा सुरु गरिएको सो सोरुमको सञ्चालन ग्लोबल पावर पोइन्टले गर्नेछ ।सोरुम उद्घाटनमा डिसहोमका तर्फबाट पूर्वी क्षेत्रीय सेल्स म्यानेजर बिपिन्द्र न्यौपाने र सेल्स अफिसर शिव निरौलाको उपस्थिति रहेको थियो भने डिलरका तर्फबाट अमिताभ महेश्वरीको लगायत विराटनगर महानगरपालिकाका डिलरको उपस्थिति रहेको थियो […]

जोरपाटीमा डिसहोम फाईवरनेटको सह–वितरण सोरुमको उद्घाटन

नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबर नेटले काठमाडौँको जोरपाटीमा पनि सह–वितरण सोरुम सुरु गरेको छ। माघ १९ देखी डिसहोम फाइबर नेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन दीपा ईम्पेक्सले गर्नेछ।

डिसहोम फाइबरनेटमा आईपीटीभी योजना

काठमाडौं (अस) । डिसहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटीभी’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत डिसहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउनेछन् । डिसहोम फाइबर नेटको ४० एमबीपीएसको एक वर्षका लागि ग्राहकले करबाहेक १२ हजार ९९९ खर्चनुपर्नेछ । ग्राहकले यसबापत इन्टरनेट र आईपीटीभीको वार्षिक सब्सक्रिप्सनका साथै आवश्यक ड्रप वायर, राउटर, सेटअप बक्स र जडान सेवा सबै निःशुल्क पाउनेछन् । साथै, डिसहोम फाइबरनेटले यसअघि नै १०० एमबीपीएसको इन्टरनेट मात्र ८९९ रुपैयाँमा ग्राहकलाई उपलब्ध गराइरहेको छ ।

डिसहोम फाइबर नेटको ४० एमबीपीएस जडानमा आईपीटीभी सित्तैमा

‘काईदाको फाइबर नेटमा फाईदाको आईपीटीभी’ योजना अन्तरगत ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकहरूले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउने कम्पनीले जनाएको छ ।

पोखरामा डिसहोम फाइबर नेट

नयाँबजारस्थित भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालिमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाबाट उक्त सेवा उद्घाटन गरिएको कम्पनीले...

दाङमा डिसहोम सिम टिभी फाइबर नेट सुरु

दाङमा डिस होम सिम टिभी फाइवर नेट सुरु भएको छ । दाङको घोराहीमा नमुना स्टेलाइट सर्भिस प्रालिले नेट सेवा सुरु गरेको हो । अहिले घोराही क्षेत्रमा यस प्रकारको सेवा सुरु गरिएको नमुना स्टेलाइट सर्भिस प्रालिका प्रबन्ध निर्देशक राजभक्त रानाले जानकारी दिए ।जिल्लाका अन्य स्थानमा क्रमश सेवा बिस्तार गरिने उनको भनाइ छ । डिस होम सिम […]

धरानमा डिसहोमको फाइबर नेट सेवा

काठमाडौं (अस) । डिसहोमले नेपालभरका मुख्य–मुख्य सहरमा फाइबर नेट सेवा विस्तार गर्दै लगेको बताएको छ । कम्पनीले धरानमा पनि फाइबर नेट सेवा विस्तार गरेको छ । कम्पनीका अनुसार फाइबर नेट सेवामा ग्राहकका लागि डिसहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिसहोम गो एप र एक्सभोडलगायत विभिन्न सुविधा उपलब्ध गराइनेछ । फाइबर नेट योजनामा कम्पनीले न्यूनतम १० एमबीपीएसदेखि अधिकतम १०० एमबीपीएससम्मको इन्टरनेट सेवा प्रवाह गरिरहेको छ । कम्पनीले काठमाडाैं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, ढल्केबर र विराटनगरमा फाइबर नेट सेवा सञ्चालन गरिसकेको बताएको छ । छिट्टै पोखरा, नेपालगञ्ज, धनगढी, बिर्तामोड, जनकपुर, वीरगञ्जलगायत स्थानमा समेत विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।