आईएमएफबाट करीब रू. ४७ अर्ब सहुलियतपूर्ण ऋण स्वीकृत

काठमाडौं । सरकारले मुलुकमा रहेको वित्तीय संकट टार्न अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)मार्फत लिने भनेको करीब रू. ४७ अर्ब ऋण स्वीकृत भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मुद्राकोषले इन्ह्यान्स क्रेडिट फ्यासिलिटी (ईसीएफ) मार्फत ४६ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण शून्य ब्याजदरमै दिनेगरी स्वीकृत गरेको हो । उक्त ऋण सहायतामध्ये करीब १३ अर्ब रुपैयाँ (११० मिलियन अमेरिकी डलर) बराबरको रकम पहिलो किस्ताबापत प्राप्त हुनेछ । उक्त रकम १ हप्ताभित्रै नेपालले पाउने अर्थ मन्त्रालयले जानकारी दिएको छ । बाँकी रकम विभित्र किस्तामा क्रमशः प्राप्त हुने मन्त्रालयको भनाइ छ । उक्त सहायताले कोभिड–१९ का कारण जनस्वास्थ्य र आर्थिक गतिविधिमा परेको नकारात्मक प्रभाव कम गर्न, विपत्र वर्गलाई संरक्षण गर्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थिरता कायम गर्न र दिगो विकास तथा गरीबी निवारणसम्बन्धी नेपालले लिएको सुधारका प्रयासलाई निरन्तरता दिन सहयोग गर्नेछ । अन्तरराष्ट्रिय मुद्राकोषबाट प्राप्त हुने उक्त सहायता नेपालको आवश्यकता र प्राथमिकताका आधारमा बजेटमा समावेश गरी खर्च गर्न सकिनेछ । उक्त कोषसँग भएको प्रारम्भिक छलफलका आधारमा चालू आवको बजेटमा समेत उक्त स्रोत कायम गरिएको अर्थ मन्त्रालयका सहसचिव रीतेश शाक्यले बताए । आईएमएफले कोरोना महामारीकै बीचमा गतवर्षको वैशाखमा नेपालसहित २५ विकासशील मुलुकलाई सहुलियत घोषणा गरेको थियो । नेपालसहित कम आयस्रोत भएका गरीब मुलुकहरूलाई तत्काल सहायता स्वरूप उपलब्ध गराउन खोलिएको कोष सीसीआरटीमार्फत सहायता उपलब्ध गराइने भनेको थियो । सहायताअन्तर्गत आईएमएफबाट लिएको ऋणको दायित्व पूरा गर्न मुलुकहरूले कोषको उपयोग गर्न सक्नेगरी उक्त घोषणासँगै धेरै देशले यो सुविधा लिइसकेका छन् । कोरोना भाइरस महामारीका कारण नेपालले आर्जन गर्ने विदेशी मुद्रामा निरन्तर कमी आई सञ्चिति घट्दो छ । यसले विदेशी मुद्रा विनिमयमा संकट उत्पत्र हुँदै आएको छ । नेपालले खासगरी विश्व बैंक, एशियाली विकास बैंक र अन्तरराष्ट्रिय मुद्राकोषलगायतबाट ऋण लिँदै आएको छ, सरकारले ऋण लिने तर सही रूपमा उपयोग गर्न नसकेको भन्दै आलोचनासमेत हुने गरेको छ । पूर्वमुख्य सचिव लीलामणि पौडेल सरकारले लिने यस्तो ऋण उत्पादनमूलक क्षेत्रमा मात्र जानुपर्ने बताउँछन् । उनका अनुसार उपयोगमै नआउने भवन र डोजरे बाटोमा वा संघीयता कार्यान्वयनजस्ता शीर्षकमा खर्च गरिनु हुँदैन ।

सम्बन्धित सामग्री

नेपाललाई विश्व बैंकद्वारा ५२ अर्ब ९६ करोड सहुलियतपूर्ण ऋण

विश्व बैंकले नेपाललाई ५२ अर्ब ९६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ । बैंकले क्षेत्रीय यातायात तथा व्यापार आबद्धता आयोजनाका लागि ३४ अर्ब ९६ करोड रुपैयाँ र डिजिटल नेपाल गतिवृद्धि आयोजनाका लागि १८ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको हो ।अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरको उपस्थितिमा […]

विश्व बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण दिँदै

काठमाडाैं।समानुपातिकको बन्दसूची टुंग्याउन माओवादीले कार्यदल बनाएकाे छ।पोखरामा फेवातालकाे मापदण्डभित्र संरचना बनाउन रोक लगाइएकाे छ।नीजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उपयुक्त हुने भएकाे छ।विश्व बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण दिने भएकाे छ।एसियन कप छनोटमा अाज नेपालले बंगलादेशसँग खेल्दै छ।

विश्व बैंकले नेपाललाई ५२ अर्ब ९६ करोड सहुलियतपूर्ण ऋण दिने

विश्व बैंकले नेपाललाई ५२ अर्ब ९६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ । बैंकले क्षेत्रीय यातायात तथा व्यापार आबद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (३४ अर्ब ९६ करोड रुपैयाँ) र डिजिटल नेपाल गतिवृद्धि आयोजनाका लागि १४ करोड डलर (१८ अर्ब रूपैयाँ) सहुलियतपूर्ण ऋण दिने भएको हो ।अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरको उपस्थितिमा यस सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्ण हरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि व

एडीबीलाई सहुलियतपूर्ण ऋण सहयोग गर्न अर्थमन्त्री शर्माको आग्रह

काठमाण्डाै - अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक एडीबीलाई सहुलियतपूर्ण ऋण दिन आग्रह गर्नुभएको छ। एडीबीका उपाध्यक्ष अशोक लाभासासँगको भेटमा अर्थमन्त्री शर्माले नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आग्रह गर्नुभएको हो । उहाँले निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इञ्जिन भएको भन्दै निजी क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेको पनि बताउनुभयो । अर्थमन्त्री शर्माले ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा लगानी आवश्यक रहेको बताउँदै त्यसमा लगानी बढाउन एडीब...

बागमती सरकारले दियाे ३ हजार जनालाई १ अर्ब ३० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण

बागमती प्रदेश सरकारले साना व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले २ हजार ८ सय ५६ जनालाई सहुलियतपूर्ण ऋण प्रदान गरेको छ ।

युवालाई धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

काठमाडौं । सरकारले युवा स्टार्टअप कार्यक्रम अन्र्तगत युवालाई उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९/८० को बजेट प्रस्तु गर्दै युवाहरुलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्र्तगत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताउनुभएको हो । त्यस्तै युवा तथा साना व्यवसायीक स्वरोजगार […]

नेपाल सरकार र विश्व बैंकबीच पाँच अर्ब ८७ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता

नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढिकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास मिलियन अमेरिकी डलर)...

एडिबीले दियो नेपाललाई १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण

काठमाडौं। एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई थप १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको छ। नेपाललाई सहुलियतपूर्ण ऋण दिने सहमतिमा अर्थ मन्त्रालय र एडीबीका अधिबारीबीच हस्ताक्षर भएको छ। उक्त सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एडीबीका तर्फबाट नेपालका लागि कन्ट्री डाइरेक्टर आनो कुस्वाले हस्ताक्षर गरेका थिए।

निजी दुग्ध उद्योगीले मागे सरकारसँग सहुलियतपूर्ण ऋण

२३ असार, काठमाडौं । निजी क्षेत्रका दुग्ध उद्योगीहरुले सरकारसंग सहुलियतपूर्ण ऋण माग गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल डेरी उद्योग संघले लकडाउनका कारण व्यवसाय धरासायी भएको भन्दै १० वर्षका लागि १० करोड रुपैयाँसम्म सहुलियतपूर्ण ऋण माग गरेको हो । केही समय अघि मात्रै सरकारले सरकारी स्वमित्वको दूग्ध विकास संस्था डिडिसीलाई २० करोड […]

एडीबी र अर्थबीच विद्युत् ग्रीड आधुनिकीकरण गर्न सहुलियतपूर्ण ऋण सम्झौता

एसियाली विकास बैंक (एडीबी) र अर्थ मन्त्रालयबीच विद्युत् ग्रीड आधुनिकीकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचानल गर्नेसम्बन्धी सम्झौता भएको छ