हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । दशौ अधिवेशनअन्तर्गत बजेटमा छलफल तथा प्रश्नोत्तरको चरण सकिएसँगै आज भएको बैठकको बहुमतले बजेट पारित गरेको हो । बजेटमाथि प्रदेशसभामा तीन दिनसम्म छलफल गरिएको थियो । बुधबारको बैठकमा बजेटमाथि उठेका प्रश्नको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिएका थिए । […]