नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ ।
लामो समयदेखि अस्वस्थ रहेकी दाहाललाई कोरोना संक्रमण भएपछि मेडीसीटी अस्पताल नख्खुमा भर्ना गरिएको खुमलटार स्रोतले जानकारी दियो ।
दाहाललाई आईसीयूमा भर्ना गरेर उपचार भइरहेको स्रोतले जनायो ।
यसअघि अध्यक्ष प्रचण्डलाई पनि कोरोना संक्रमण भएको थियो । उनी संक्रमणमुक्त भइसकेका छन् ।