नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० वर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन् । २६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिला र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुष तर्फको विजेता बनेका हुन् ।शनिबार सिल्भर ओएक गैरीधारमा अबेर साँझ आयोजित स्पर्धामा शीर्ष विजेता बनेका दुबैले उपाधिका साथमा नगद ५ लाख बराबरको उपहारसहित आगामी १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा&