राजेन्द्र लिङ्देन र रेखा थापा सँगै पुगे मनोनयन दर्ता गराउन, पछिपछि कमल थापा पनि

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन नेतृत्व चयनका लागि मनोनयन दर्ता प्रक्रिय सुरु भएको छ। राजेन्द्र लिङदेनले अध्यक्ष पदका लागि भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गराएका छन्। यस्तै, उनकै प्यानलबाट महामन्त्री पदमा अभिनेत्री रेखा थापाले समेत मनोनयन दर्ता गराएकी छिन्। लिङ्देन र रेखाले मनोनयन दर्ता गराएर फर्किएपछि कमल…

सम्बन्धित सामग्री

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

राप्रपा महामन्त्रीमा नायिका रेखा थापा पराजित भएकी छिन् । राजेन्द्र लिङ्देन प्यानलबाट महिला कोटाको महामन्त्री पदमा निर्वाचन लडेकी रेखा पराजित भएकी हुन् । सो पदमा कमल थापा प्यानलकी कुन्ती शाही विजयी भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए । राप्रपाको अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भए ।

राजेन्द्र लिङ्देन–धवल शमशेर प्यानललाई नायिका रेखा थापाको समर्थन

पूर्वपञ्चहरूको पार्टी राप्रपाकी सदस्य समेत रहेकी नायिका रेखा थापाले राजेन्द्र लिङ्देन–डा धवल शमशेर राणाको प्यानललाई समर्थन गर्ने भएकी छिन् । बिहीवार राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा रेखा थापा उपस्थित थिइन् । मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा सहभागी थापाले नयाँ प्यानललाई आफ्नो समर्थन रहेको बताएकी थिइन् । राप्रपाको नेतृत्वका लागि कमल थापा र डा प्रकाशचन्द्र लोहनीले पनि उम्मेदवारी दिने तयारी गरेको राप्र...