ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-७ फूलबारी टोल बस्ने ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढक कुमारी विष्टको जंगली च्याउ खाँदा मृत्यु भएको छ भने अन्य दुई जना बिरामी भएका छन् । आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया विष्ट, ढक कुमारी समेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भई उपचारको लागि मिसन अस्पताल ओखलढुङ्गा पठाइएकोमा उपचारको क्रममा ढक कुमारीको सोही अस्पतालमा र मनमाया विष्टको काठमाडौँ शिक्षण अस्पतालमा मृत्यु भएको हो । अन्य २ जनाको काठमाडौँ शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।&n