काठमाडौं महानगरले फुटपाथमा व्यापार गरे सामान जफत गरी लिलाम गर्ने भएको छ। महानगरपालिकाले आइतबारदेखि साँझ हुने फुटपाथ व्यापारको अनुगमन गरी व्यापार गरेको पाइए सामान सफत गरी लिलाम निर्णय भएको प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। ‘फुटपाथ भनेको मानिस हिँड्नका लागि बनाइएको हो,’ उनले भने, ‘व्यापार व्यवसायका लागि होइन। त्यसैले फुटपाथ व्यापारलाई हटाउने काम आजैदेखि सुरू हुँदैछ।’…