जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईका अनुसार देशमा वैकल्पिक राजनीति र शक्तिको आवश्यकता/औचित्य सिद्धिएको वा नभएको हैन, बरू बढेर गएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले केही समय यता गर्दै आएको प्रयोग पनि त्यति परिणाममुखी हुन सकिरहेको छैन । अतः यसको निर्मम समीक्षा गरेर अघि बढ्ने साहस गरौं ! युगीन कार्यभार सजिलै/छिटै पूरा हुन्नन् ।’अध्यक्ष भट्टराईले अर्को स्टाटसमा यस्तो लेखेका छन्, ‘पार्टीभित्रको बहसलाई फगत व्यक्तित्वको टक्करका रूपमा प्रस