अर्घाखाँची : लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले शपथ लिएका छन्। सत्ता गठबन्धनबाट सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँणलाई बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीवार दिउँसो शपथ ग्रहण गराएका हुन्।सभामुखमा घर्तीको एकल उम्मेदवारी परेको थियो भने उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारूले उम्मेदवारी दर्ता गरेका थिए। पछि उनीहरूले प्रदेशसभा बैठकमा उम्मेदवारी फिर्ता लिएको घोष