५७ जिल्ला साक्षर घोषणा, सात जिल्लामा यो वर्ष गरिँदै

काठमाडौं : सरकारले यो वर्ष ७ वटा जिल्ला साक्षर घोषणा गर्ने लक्ष्य लिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले यसका लागि अहिले तयारी गरिरहेको छ।विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलका अनुसार हालसम्म ५७ जिल्ला साक्षर घोषणा भइसकेका छन्। प्रदेश अन्तर्गत भने प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेश साक्षर घोषणा भएका छन्।‘अब बाँकी २० जिल्ला र चार प्रदेश छन्, ’प्रवक्ता लुइँटेलले भने। उनका अनुसार यो वर्षभित्र लुम्बिनी प

सम्बन्धित सामग्री

प्रदेश १ साक्षर प्रदेश घाेषणा

माेरङ- प्रदेश १ साक्षर प्रदेश भएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरेका छन्। बिहीबार विराटनगरमा आयोजित साक्षर प्रदेश घोषणा समारोहमा प्रदेश १ प्रदेशसभाका सभामुख भण्डारीले यस्ताे घाेषणा गरेका हुन्। २०७२ सालमा पाँचथर जिल्लाबाट सुरु गरिएको साक्षरता अभियानले प्रदेशको १४ जिल्लामा मूर्त रूप लिन सफल भएको उनकाे भनाइ छ। प्रदेशका सबै जिल्ला नै साक्षर भएकोमा बधाई दिँदै […]

बाँके साक्षर जिल्ला घोषणा

बाँकेलाई साक्षर जिल्ला घोषणा गरीएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । साक्षर घोषणा भएकाहरु मध्ये देशभरमा बाँके ६१औं जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११औं नम्बरमा पर्दछ ।

बाँके साक्षर जिल्ला घोषणा

काठमाडाैँ- बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन्। साक्षर घोषणा भएकाहरूमध्ये देशभरमा बाँके ६१ औँ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११ औँ नम्बरमा पर्दछ। साक्षर जिल्ला घोषणा गर्दै मन्त्री अथकले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको बताए। बाँकेलाई साक्षर जिल्लाका रूपमा […]

बाँके साक्षर जिल्ला घोषणा

बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । साक्षर घोषणा भएकाहरु मध्ये देशभरमा बाँके ६१औ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११ औँ नम्बरमा पर्दछ । साक्षर जिल्ला घोषणा गर्दै मन्त्री अथकले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको बताए । बाँकेलाई साक्षर जिल्लाका रूपमा घोषणा गर्न पाउँदा धेरै खुसी लागेको भन्दै मन्त्री गहतराजले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै लाग्नुपर्ने बताउनुभयो

काठमाडौँ जिल्ला साक्षर घोषित

काठमाडौँ जिल्लालाई सोमबार साक्षर घोषणा गरिएको छ । जिल्लामा ९६ प्रतिशतभन्दा माथिल्लो साक्षरता प्रतिशतमा पुगेपछि साक्षर जिल्ला घोषणा गरिएको हो । सोमबार आयोजित कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले साक्षर काठमाडौँको घोषणा गर्नुभयो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौँका प्रमुख नन्दलाल पौडेलले सबै मापदण्ड पूरा भएपछि साक्षर काठमाडौँ घोषणा गरिएको जानकारी दिनुभयो ।

अछाम साक्षर जिल्ला घोषित

असार २२, अछाम । अछाम जिल्लाका कम्तीमा पनि ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै अछाम जिल्लालाई सोमवार एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषणा गरिएको छ ।  जिल्ला समन्वय समिति अछामले आयोजना गरेको एक कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मानबहादुर खड्काले साक्षर जिल्ला घोषणा गरेका हुन् । जिल्लामा रहेका अधिकांश नागरिक लेख्न तथा लेखेको पढ्न सक्ने भएका कारण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समिति अछामले जानकारी दिएको छ ।  मन्त्री खड्काले नागरिकको सबैभन्दा ठूलो उपलब्धि भनेको लेख्न र पढ्न सक्ने भएको हुँदा अछामका नागरिक सबैले लेख्न र पढ्न सक्ने भएकामा खुशी व्यक्त गरे । उनले भने, ‘अक्षर चिन्न र लेख्न सके त्यो ठूलो उपलब्धि हो, साक्षर व्यक्तिलाई कसैले पनि ठग्न सक्दैन ।’ रासस

रसुवा साक्षर जिल्ला

रसुवालाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लामा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९६.२९ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि जिल्लालाई देशको ४३ औं साक्षर जिल्ला घोषणा गरिएको हो।

म्याग्दी साक्षर जिल्ला घाेषित्

म्याग्दीलाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ। २०६७ सालदेखि जिल्लामा सुरु भएको राष्ट्रिय साक्षरता र निरन्तर शिक्षा अभियानबाट १५–५९

​माघ २९ गते रसुवालाई साक्षर जिल्ला घोषणा गरिने

रसुवा, पुष २४ –रसुवालाई माघ २९ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लामा करिब ९५.७० प्रतिशत जनसङ्ख्या साक्षर भइसकेकाले जिल्लालाई साक्षर जि...

मनाङ साक्षर जिल्ला

सरकारले तोकेका सूचक पूरा गरेसँगै हिमाली जिल्ला मनाङ साक्षर जिल्ला घोषित भएको छ । जनगणना–२०६८ अनुसार ६ हजार ५ सय ३८ जनसंख्या रहेको यो जिल्लामा ९६.९ प्रतिशत जनसंख्या साक्षर भएको पाइएपछि ‘साक्षर जिल्ला’ घोषणा गरिएको हो ।